Tuesday, October 27, 2009

नेपालमै सोलार कार


अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट चल्ने कार बनाएर गुडाएका छन्।

उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग। उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन्।

उनले अध्ययन गर्ने विद्यालयको प्रांगण सोमबार विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सर्वसाधारणले खचाखच थियो। ढाकाटोपी र दौरा सुरुवालमा सजिएका बालकले 'कुशल सोलार कार, सेभ द वर्ल्ड' लेखेको सेतो रङको कार हर्न बजाउँदै ल्याउँदा सवै अचम्मित भए। उनले बाग्लुङ बजारमा कार हुँइक्याउँदा सडकको छेउछाउ बसेका सबैले ताली बजाएर स्वागत गरे।

सौर्य उर्जाबाट इन्धन आपूर्ति गर्ने भएकाले कारको नामै सोलार कार राखिएको हो। 'विश्वव्यापी रूपमा बढ्दो वायू प्रदूषण र तापक्रम न्यूनीकरण गर्न सोलारबाट चल्ने कार बनाएको हुँ,' केसीले सञ्चारकर्मीसँग भने, 'यो पहिलो परीक्षण हो, पाँच वर्षभित्र पेट्रोलबाट चल्ने कारले जति गति लिन्छ, त्यहीअनुसारका कार बनाउँछु।' अहिले सोलार कार ६० किलोमिटर प्रतिघण्टा दौडिने उनले बताए। चार घन्टा चार्ज गरेपछि यो ५० किलोमिटर दौडन्छ।

'पहिलो पटक अक्सफोर्ड विश्वविद्यालय लन्डनका विद्यार्थीले सोलारबाट चल्ने कार बनाए थिए,' केसीले भने, 'तर, उनीहरूले बनाएको कार दिउँसो मात्र गुड्थ्यो। तर,यो कार रात र दिन जुनसुकै समय पनि गुडाउन सकिन्छ।'

कान्छो उमेरमा सोलारबाट चल्ने कार बनाएकाले उनले गिनिज बुकमा नाम दर्ता गराउन सबैसँग सहयोगको आग्रह गरेका छन्। 'सबैभन्दा सानो उमेरमा नयाँ आविष्कार गरेको छु,' उनले भने, 'गिनिज बुकमा नाम लेखाउन नेपाल सरकार र सबैको सहयोग आवश्यक छ।' प्रिन्सिपल महेशचन्द्र प्रधानले कुशलको कामलाई विद्यालयले सहयोग गर्दै आएको बताए। 'नयाँ परीक्षण भएको छ, गिनिज बुकमा नाम लेखाउन पहल गर्छौं,' उनले भने।

केसीले ब्याट्री, मोटर र सोलार जोडेर कार बनाएका छन्। कारको अगाडि, छत र पछाडि २० वाटका ६ वटा सोलार प्यानल जडान गरिएको छ। सोलारबाट संकलन गरिएको ऊर्जा ब्याट्रीमा जडान गरेर चार्ज गरिन्छ। घाम लागेको समयमा भने ब्याट्रीको ऊर्जासमेत प्रयोग नगरी कार गुड्छ। बिजुलीबाट समेत चार्च गर्नमिल्ने व्यवस्था मिलाइएको छ।

कारमा तीनवटा पांग्रा प्रयोग गरिएको छ। अगाडि एउटा र पछाडि दुईवटा। कारको अगाडि ड्राइभरसहित तीनजना बस्नमिल्ने सिट राखिएको छ।

कार बनाउन आवश्यक सामग्री उनले चीन र भारतबाट किनेका थिए। उनले करिब ४० दिनमा कार बनाएका हुन्। यसअघि उनले हेलिकप्टर बनाएर पोखरा र काठमाडौंमा प्रदर्शन गरेका थिए।

कार बनाउँदा करिब ६ लाख रुपैयाँ खर्च भएको बाबु भीम केसीले बताए। यसका लागि नास्टबाट १० हजार र विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलगायतबाट करिब २ लाख रुपैयाँ संकलन भए पनि अन्य रकमको जोहो गर्न मुस्किल परेको उनका बाबुले बताए।
राष्ट्रकै शिर उचो बनाउने काम भए पनि कुनै निकायले सहयोग गरेको छैन,' बाबुले भने, 'ऋण काढेर भए पनि आवश्यक सामग्री जुटाएको हुँ। छोरोले राम्रो काम गरेकाले गर्व लागेको छ।' केसीको परिवार अहिले बाग्लुङ सदरमुकाममा बस्दै आएको छ।
उनको प्रतिभा हेर्न उनको जन्मस्थानबाट एक दिन लगाएर काका, काकी, छिमेकीसमेत सदरमुकाम आएका थिए। उनलाई मंगलबारै विद्यालय तथा विभिन्न संघसंस्थाले अभिनन्दन गरेका थिए। बधाइ दिनेको घुइँचै थियो।

Saturday, September 26, 2009

दशैंमा दिइने आशीष

पुरुषहरुलाई टीका लगाउँदा पढिने मन्त्र

‘आयु द्रोणसुतेः श्रेयं दशरथे शत्रुक्षयं राधवे ।

ऐश्वर्यं नहुसे गतिश्च्व पवने मानं च दुर्योधने ।।

सौर्यम् शान्त मने वलं हलधरे सत्यम् चः कुन्ति सुते ।

सत्ज्ञानम् विदुरे भवन्तु भवनाम् कृतिश्च्वः नारायणे ।’

कसैले यो मन्त्रलाई अलि फरक ढंगबाट पनि पढ्ने गरेको पाइन्छ-

आयुद्रोण सुते श्रेयं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्य नहुशे गतिश्च पवने मानं च दुर्योधने ।।

दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते ।

विज्ञाने (सज्ञाने) विधुरे भवन्तु भवतां कृतिश्च नारायणे ।।

-अर्थ- द्रोणको छोरा अश्वश्थामा को जस्तै लामो आयु होओस् । दशरथको जस्तै श्रेय -जश) पाइयोस् । रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सकियोस् । नहुस राजाको जस्तै ऐश्वर्य र सम्पत्ति होओस्, पवनको जस्तो गति होओस्, दुर्योधनको जस्तो मान-मर्यादा कमाइयोस् । सूर्यका छोरा कर्णजस्तो दानी हुनु, हलोधारी बलरामजस्तै बलवान् हुनु, कुन्तीको छोरा (युधिष्ठिर )ले जस्तै सत्य बोल्नु । विधुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको हुनु, भगवान नारायण (विष्णु) को जस्तै र्कीति हासिल गर्नु ।

नारीहरुका लागि पढिने मन्त्र

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी

दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा नमस्तुते ।

जयतुं देवी चामुन्डे जय भूतार्थी हारिणी

जय सर्वेगते देवी कालरात्री नमस्तुते ।।

सर्वे मंगल्य मंगल्यं शिवे सर्वत्र साधिके

शरणे त्रैम्बके गौरी नारायणी नमस्तुते

-अर्थ- नारीहरुलाई टीको लगाउँदा पढिने यो मन्त्र दूर्गादेवीको स्तुती हो । ‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा’ भनेको सबै देवीका नामहरु हुन्, जसलाई मन्त्रमा म नमस्कार गर्छु भनिएको छ । त्यस्तै ‘भूतार्थी हारिणी’-जगतमा रहेका प्राणीहरुको दुःख हरण वा नाश गर्ने चामुण्डे देवी एवं ‘सर्वेगते’ अर्थात् सबै कुरा जान्ने, सबैको मंगल गर्ने, शान्ति स्थापना गर्ने, कालरात्री देवीलाई पनि यो मन्त्रमा स्तुती गरिएको छ । शरण प्रदान गर्ने गौरी नारायणी (देवी)लाई नमस्कार गर्छु भनिएको छ ।

मन्त्रमा भिन्नता

दशैंमा वाचन गरिने मन्त्रहरुको कुरा गर्दा पुरुषहरुलाई स्पष्ट आशिष दिइएको छ भने महिलाहरुका लागि भने पछि बनाइएको मन्त्र नपढी सोझै चण्डीको श्लोक वाचन गर्ने गरिएको छ । तर, पूरषका लागि बनाइएको मन्त्र पनि मानिसहरुले अपभ्रंसित पार्दै फरक-फरम ढंगबाट उच्चारण गर्ने गरेको पाइन्छ ।

बडादसैँको आठौँ दिन महाअष्टमी

बडादसैँको आठौँ दिन आज देशभर दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। यस उपलक्क्षमा आज दसैँघर र कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गरिन्छ। काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, वीजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, वज्रबाराहीलगायतका मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेको बिहान सबेरैदेखि घुइँचो लागेको छ।

यसैगरी गोरखाको मनकामना, नुवाकोटको भैरवी, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारालगायतका मन्दिरमा पनि शक्तिरूपा भगवतीको पूजाअर्चनाका लागि दर्शनार्थीहरुको घुइचो लागेको छ। महाअष्टमीकै अवसरमा आज दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्षमीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपुर्जा, हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ160। पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिराँैला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन्। हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्री मनाउने चलन छ। नेवारमा विशेषगरी बज्राचार्य, शाक्य, मानन्धरलगायतका जातिमा आजको दिन दुर्गाभवानीको पूजाआजा गर्ने चलन छ।।

Thursday, September 24, 2009

हेलो नेपाल फोनको परिक्षण शुरु


सुदुर तथा मध्य पश्चिमका पहाडि जिल्लाहरुमा सुचना संचारको पहुचलाई ध्यानमा राखी नेपाल स्याटेलाइट टेलीकम प्रा लीले आजदेखी मध्यपश्चिमको दाङलाई केन्द्र बनाई "हेलो नेपाल" नामक टेलीफोन सेवाको परिक्षण शुरु गरेको छ । राजधानी बाहीर केन्द्रीय कार्यालय स्थापना गरि टेलीफोन सेवा प्रदान गर्ने यो पहिलो कम्पनी भएको छ ।
काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले काठमाडौं, माओवादी अध्यक्ष प्रचण्डले रोल्पाको लिवाङ र एमाले महासचिवर् इश्वर पोखरेलले दाङको केन्द्रीय कार्यालयबाट कनफेरेन्स कलमार्फ कुरा गरेर मोबाइल सेवा उदघाटन गरेका थिए ।
कनफेरेन्स कल अन्तर्गत काग्रेस सभापति गिरीजा प्रसाद कोइरालाले दाङमा रहनु भएकार् इश्वर पोखरेल र रोल्पामा रहनु भएका प्रचण्डसंग कुरा गर्नु भएको थियो ।
कनफेरेन्स कलको क्रममा तीन जना नेताहरुको वीचमा वर्तमान राजनीतिक विषयमा कुराकानी भएको थियो ।
तीनै जना नेताहरुले दलहरुको वीचमा नया सहमति गरेर अघि जानु पर्ने विषयमा कुराकानी भएको थियो ।
माआवादी अध्यक्ष प्रचण्डले अन्तरीम सविधान विपरीत कदम चालिएपछि अव १२ वुदे जस्तै नया सहमति गर्नु पर्ने खाचो रहेकोमा जोड दिनु भएको थियो ।
त्यस्तै काग्रेस सभापति कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई सहमतिमा आउन आग्रह गर्नु भएको थियो ।
त्यस्तै एमाले महासचिव इश्वर पोखरेलले दलहरु छलफल र सहमतिको आधारमा अघि वढनु पर्ने वताउनु भएको थियो ।
दुर्गम पहाडि जिल्लामा सुचनालाइ व्यवस्थीत तुल्याउने उदेश्यले यो सेवा मध्यपश्चिमका १५ ओटा जिल्ला र कर्ण्ााली आसपासका जिल्लाहरुमा यो सेवा लागु गरिने टेलीकम प्राली का संस्थपक अजय सुमार्गीले जानकारी दिनु भयो ।
पहिलो चरणमा यस कम्पनीले मध्यपश्चिमका १५ जिल्लाका २ सय ७३ गाविसमा सेवाग्राहीलाई सेवा दिने भएको छ ।
२५ मिलियन अमेरिकी डलरको लगानीमा सुरु गरिएको यो कम्पनिमा वंगलादेश पाकीस्तान साइक्रोस र मुक्ति श्री नेपालको सहभागीता रहेको छ ।
सन २०१२ सम्म नेपालका ७५ ओटै जिल्लामा सेवा विस्तार गरि सक्ने लक्ष्य राखेको यस संस्थाले पश्चिम नेपाललाइ केन्द्र विन्दु वनाएर केन्द्रीय कार्यालय दाङमा राखेको छ ।
जी एस एम प्रविधिद्धारा संचालित हेलो नेपाल, नेपाल स्याटेलाइट टेलीकम सेवा अहिले परिक्षणको प्रकृयामा रहेको जानकारी दिदै कम्पनीले तिहार लगत्तै सर्वसाधारणका लागि सीम बितरण गरिने जनाएको छ । ६ सय करोडको लगानीमा सञ्चालनमा ल्याइएको यो सेवा अन्य फोन सेवा भन्दा सस्तो हुने अध्यक्ष सुमार्गीले बताउनु भयो ।
दाङको वडहरामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले का महासचिव इश्वर पोखरेलले ग्रामीण क्षेत्रलाई आधार वनाएर फोन सेवा सुरुगरिएकोमा प्रसंसा गर्दै यो कम्पनि उदेश्य प्राप्तीमा सफलहुने विस्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य चक्र वास्तोला, एकिकृत नेकपा माओवादीमा सोनाम साथि, सभाषद् शिवराज गौतम, प्रेश काउन्सिलका अध्यक्ष नारायण प्रसाद शर्मा, संचार मन्त्रालयका सचिव सुशिल घिमिरे लगाएतले सम्वोधन गर्नुभएको थियो ।

Newar Cast


According to the researches, Indus Valley civilization is the ancient Vedic civilization and it evolved before the Aryans came to India. Newar civilization is believed to be much older than the Indus civilization. The nature and geography of Nepal prove this fact. The Newar civilization began in 6th century B.C. The Newar civilization evolved much earlier than the period of the Buddha and the Guptas. The temples and other monuments in Nepalmandala prove this fact without any doubt.

The written history of Nepal begins with the dynasty of Gopal (Sa Poo) and Mahispal (Mey Poo). The Gopali people are still found in Tistung, Palung and near villages. According to the research done on Gopali people by Dr. Chunda Bajracharya, she has concluded that the Gopali people are still following Newar culture and language. So the Gopali people are the Newars.
The oldest attested dynasty of the valley was the Licchavi dynasty (A.D. 464 to the ninth century) under which Indianized civilization developed with Buddhism and Hinduism,elaborate architecture, and Indic arts and crafts. Although the Licchavi rulers claimed an Indian origin and all the inscriptions of this period were in Sanskrit, the existence of non-Sanskrit words indicates that the bulk of the population consisted of people who later became the Newars. In the following transitional period, esoteric Vajrayana Buddhism with its monastic institution flourished and many new ritual elements were introduced. The Newar culture grew more distinct and full-fledged during the Malla period (1200-1769). In this period, Muslims conquered north India and caused many Hindus and Buddhists to flee to Nepal. With the help of Indian Brahmans, King Sthitimalla (1382-1395) is said to have codified the caste system and encouraged social stability. Nepalese Buddhism lost its source of inspiration in India, became more ritualized, lost celibate monks, and accepted the caste norms. Influence from Tibet increased around the century, but the trend toward Hinduization was stronger. Written Newari was used in the translation of religious texts and the writing of chronicles and literature of various genres. After Yaksamalla (1428-1482), who expanded the territory and supported the valley culture by donations and construction, the kingdom was eventually divided into the three small kingdoms of Kathmandu, Lalitpur, and Bhaktapur, which frequently quarreled with each other. This situation favored the Gorkhas to the west, a politically powerful group whose core consisted of Nepali-speaking high castes.

This clarifies that the Newars are the first rulers of Nepal. Since then, the Newars are still living here. However, many immigrants came to Nepal mandal from different places in different time and followed Newar language & culture and became Newars. This brought cultural and lingual diversity among the Newars.

Identification.

Most likely, the word \\\"Newar,\\\" in use since the seventeenth century, is derived from the word \\\"Nepal\\\" and originally denoted the residents of the Kathmandu (or Nepal) Valley without regard to their ethnic affiliation.

Location.

Today, more than half of the Newars live in the Kathmandu Valley located at 27? 30\\\' to 27? 50\\\' N and 85? 10\\\' to 85? 30\\\' E. Most others live in commercial or administrative centers in the hills and the Terai Plain.

Linguistic Affiliation.

The Newari language belongs to the Tibeto-Burman Family. It has many classifiers and postpositions but is not tonal. Religion: Until only the past two centuries, the Newars held fast to original monastic form of tantric Buddhism ? as the bahal of Kathmandu and Patan still bear witness ? while their rulers pursued the Hindu tantric path. However, the Kathmandu Valley has become progressively \\\"Hinduized\\\" since the unification of Nepal in the eighteenth century: the monasteries have largely disappeared, their monks have married, and the title of Vajracharya (Buddhist Priest) has become a hereditary caste like that of the Bahun (Brahman) priests. Today, Newar Buddhists are perhaps the only Buddhist culture that no longer maintains active communities of monks or nuns. Although the acceptance of caste and decline of monasticism have shifted the balance in favor of Hinduism, at the popular level the synthesis remains as well bonded as ever.

When Newars refer to themselves as Buddha Margi (Buddhist) or Shiva Margi (Hindu), they often do so only to indicate that they employ a Vajracharya or Bahun priests; even this does not hold true, though, as many jyapu (farmers) call themselves \\\"Hindu\\\" and attend Hindu festivals, yet still use Vajracharyas. In any case, Newar rituals vary little from Hindu to Buddhist.
Puja (an act of worship) is performed to gain the favor of deities for material requests as often as for \\\"spiritual\\\" reasons. It is a profound and very personal ritual. An integral part of all Newar rituals is the \\\"puja of five offerings\\\", consisting of flowers (usually marigolds), incense, light (in the form of butter lamps), sindur (colored powder) and various kinds of purified food (usually rice, dairy products, sometimes sweets). Before darshan (audience with a deity), the devotee or the priest uses consecrated water to wash him or herself and to bathe the deity. After the deity has symbolically accepted and eaten some food, the remainder is taken back by the devotee as prasad (consecrated food). This, along with a tika made with the colored powder, confers the deity\\\'s blessing and protection. Priests are ordinarily engaged for the more important life-cycle rites (birth, marriage, death) or for larger seasonal festivals; wealthier Newars may also seek private consultations at times of illness or important decisions.

Bahun priests don\\\'t perform animal sacrifices, but they do preside over the rituals that precede them. This brings up one of the rare differences between Hindu and Buddhist Newars : while Hindu Newars are enthusiastic sacrificers ? they call the bloody ninth day of Dasain festival Syako Tyako (roughly, \\\"the more you kill, the more you gain\\\") ? Buddhists seldom participate. During dasain, Tibetan monasteries in Nepal hold special services to pray for good rebirths of the sacrificed animals.

Settlements :

Most Newari settlements are built on elevated ground surrounded by agricultural fields. They appear to be urban with clusters and rows of brick buildings of three or more stories that often surround paved courtyards or border on narrow lanes. Kathmandu , Lalitpur and Bhaktapur stand out politicoeconomically and in terms of population. The populations of typical Newari settlements range from about several thousand, though Kirtipur and Thimi are smaller. Newari settlements abound with temples and other religious places that form a sacred microcosm. These settlements are each divided into two major parts (e.g., upper and lower parts, male and female halves, etc.), which in some cases are named after the main temple in each part. This dichotomy is expressed in ritual processions, mock battles, distribution of socioreligious groups, and buildings. Major settlements have politicoreligious centers and are protected not only by surrounding walls but also by the temples of eight goddesses and other religious Structures placed in proper directions. The agricultural population forms the majority in most of the Newar settlements except for modern Kathmandu and commercial towns outside the valley. A considerable commercial population can also be found in many settlements near the hills such as Sankhu, Capagaon, Lubhu, Banepa, and Dhulikhel, which are trade centers connecting the valley with points outside. Villages Between these and the central cities are more agricultural. In some rural settlements, the Jyapu (farmer) caste forms the overwhelming majority. Others have a multicaste structure.

Economy:

Subsistence and Commercial Activities. Agriculture, commerce, and crafts have been the main sources of livelihood for the Newars. In recent years, there has been an increase in employment in government offices, schools, various companies, and construction work, mainly due to the Development of the valley as a center of politicoadministrative activity, as well as tourism and commerce. Small shops and rice-flour mills are common even in rural areas. The main crop is rice, grown during the monsoon (June-September) in irrigated fields. Wheat, potatoes, and pulse in the dry season, vegetables, and maize are secondary crops. Since the 1960s improved varieties of rice, wheat, and maize have been introduced) and are cultivated with chemical fertilizers. Although some farmers now use hand tractors (cultivators), many still cultivate with a short-handled hoe called ku. Plowing is not popular, perhaps because it is not well suited for sloping fields. Agricultural labor from outside the household is recruited through the systems of bwala (reciprocal exchange), gwali (help without any direct repayment) and jyami (daily paid work). The last form has become more popular these days.

Industrial Arts.

Crafts for which the Newars are famous are image casting in bronze, brass, copper, etc. and the making of ornaments and repouss?. Potting, weaving, wood carving, straw weaving, mask making, etc. are also popular. Potting in Thimi and oil pressing in Khokna are examples of localized caste-oriented work.

Trade.

Newars are known to other ethnic groups of Nepal as sahu or \\\"shopkeepers.\\\" Both within and outside the valley, there are many Newar merchants. Kathmandu Valley was an important midpoint in the trade between India and Tibet. Carried out by merchants of high castes, it brought great wealth, which supported the high culture of the Newars. Although trade with Tibet ended in 1959, Kathmandu has been expanding as part of an international market in which Newar merchants are active participants

Marriage.

Marriage is generally monogamous and Postmarital residence is virilocal. Polygyny is allowed in the absence of a son from the first wife. Caste endogamy is the rule. Contrary to what some authors claim, there are not all that many cases of divorce, intercaste marriages, or \\\"climbing the [caste] ladder.\\\" Village endogamy occurs occasionally, but not in typical settlements. Cross-cousin marriage is forbidden. Marriage is usually arranged by parents who use a gobetween. Marriage by elopement is popular in some peripheral villages.

Domestic Unit.

A patrilineal extended family in which married brothers live with their parents is the ideal type of Newar household. In actuality, there are situations in which demographic, economic, and social conditions prevent the formation of these extended households.

Inheritance.

Property is divided equally among the sons. Daughters are given a certain amount of the family property as kwasa in the form of utensils, furniture, clothes, money, etc. at the time of marriage.

Socialization.

Although children are taken care of by many members of the family, mothers have very close ties with their children. A child is often fed from his or her mother\\\'s breast for more than three years. Physical punishment is not Common. Girls are required from the age of 7 or 8 to help in cooking, carrying water, and looking after small children. Boys are freer to play when small but they too work in agriculture, shopkeeping, etc. when the family is busy. Formal schooling has become more important recently.

Religious Beliefs.

Buddhism, Hinduism, and indigenous beliefs coexist and are mixed among the Newars. The main form of Buddhism practiced here is Mahayana or Great Vehicle \\\"Way,\\\" in which the Tantricized and esoteric Vajrayana, Diamond, or Thunderbolt \\\"Way\\\" is considered the highest. Theravada Buddhism is not as popular but there has been a moderate resurgence in recent years. Hinduism has benefited from stronger backing for several centuries. Shiva, Vishnu, and related Brahmanical deities are revered, but more characteristic is the worship of various goddesses called by blanket terms such as matrika, devi, ajima, and ma. Indigenous elements are seen in the rituals of digu dya, byanca nakegu (\\\"feeding frogs\\\" after transplanting rice), beliefs about supernaturals, and many other customs. The Newars believe in the existence of demons (lakhe), malevolent souls of the dead (pret, agati), ghosts (bhut, kickanni), evil spirits (khyak), and witches (boksi). Cremation grounds, crossroads, places related to water or disposal, and huge stones are their favorite haunting places. Mantras and offerings are used by priests and other practitioners to control and propitiate them.

Religious Practitioners.

Gubhaju and Brahman are Buddhist and Hindu priests, respectively; they are married Householders, as only Theravada monks are celibate. Buddhist and Hindu priests officiate at household rituals, festivals, and other rites. Tantric priests or Acaju (Karmacharya), funeral priests or Tini (Sivacharya), and Bha are graded lower. Astrologers are also connected with funerals in some places. In Certain localities, Khusah (Tandukar) serve the Nay caste as their household priests.

Ceremonies. Main life-cycle rituals are: rituals at and after birth (maca bu benkegu, jankwa, etc.); two stages of initiation (bwaskha and bare chuyegu or kayta puju for boys; ihi and bara tayegu for girls); wedding ceremonies; old-age celebrations (budha jankwa); funeral and postmortuary rites. There are forty or more calendrical rituals and festivals practiced in a single locality. Some, such as gathamuga (ghantakarna), mohani dasai, swanti, and tihar, are common to all localities, but many other festivals are localized. Offering alms is an important religious act, of which the Buddhist samyak is the most festive. There are rituals repeated within a year. Nitya puja (daily worship of deities), s?lhu bhway (feast on the first day of each month), and mangalbar vrata (Tuesday fasting) are examples. There are also rituals of which the date is not fixed, which are performed only when necessary or proposed.

Arts.

Newar artistic talent is displayed in architecture and sculpture. Inspired by Indian tradition, unique styles of palaces, temples, monasteries, stupas, fountains, and residential buildings developed. They are often decorated with wood carvings and equipped with stone or metal sculptures. Religious paintings are found on the walls, scrolls, and manuscripts. Music with drums, cymbals, wind instruments, and sometimes songs is indispensable in many festivals and Rituals. Most arts are practiced by males.

Medicine.

Disease is attributed to evil objects, the ill will of mother goddesses, witchcraft, attack, possession or other influence of supernaturals, misalignment of planets, evil spells, and social and other disharmony, as well as natural causes such as bad food, water, and climate. People resort to both modern facilities and traditional medical practitioners. Among the latter are the jhar phuk (or phu pha) yayemha (exorcist), vaidya (medicine man), kaviraj (Ayurvedic doctor), midwives, bone setters of the barber caste, Buddhist and Hindu priests, and dyah waikimha (a kind of shaman). Popular treatment methods include brushing off and blowing away ill objects in the body (phu pha yaye), reading or attaching mantras (spells), making offerings to supernaturals or deities, and using local herbal and other medicines.

Death and Afterlife.

It is believed that the soul of the deceased must be sent to its proper abode through a series of postmortuary rites performed by male descendants. Otherwise, it remains in this world as a harmful pret. Two ideas about afterlife, that of Heaven and Hell and that of rebirth, coexist. Attainment of a good or bad afterlife depends upon the person\\\'s merit accumulated while alive and upon the proper performance of the rituals. The deceased are also worshiped and propitiated as ancestors.

Source : Lovelypokhara

NRB

कलाकारसँग कोइराला


हाम्रो फिल्म टेक्निकल्ली एकदमै राम्रो बनेको छ, आजमात्रै ५-६ वटा अखबारमा यसको तारिफ छापिएको छ। विदेशी बजारमा लैजानका लागि हजुरले सहयोग गरिदिनुपर्‍यो,' सोफामा अघि सर्दै उद्धव पौडेलले भने। उद्धवको कुरालाई थप प्रभावकारी बनाउन सँगै बसेका डा. भोला रिजाल अघि सरे। उनले भने, 'वीराटनगरकै मान्छेका नाताले पनि हजुरले पहल गरिदिनुपर्‍यो।'

रिजालको कुरा सुनेपछि गिरिजाप्रसाद कोइरालाले विस्तारै हात चलाए। पावरवाला चस्मा भित्रका आँखा अर्कोपट्टिको सोफाको छेउमा बसेका उद्धव पुत्र निरकतिर घुमाए। अनि बोले, 'वीराटनगरको भनेर होइन, योंगर जेनेरेशनका लागि म जे पनि सहयोग गर्न तयार छु। तिमरुलाई कुनै असजिलो वा गाह्रो पर्‍यो भने आउ, जे चाहिन्छ म टोट्टल सर्पोट गर्छु, मेरो पूरा कोअपरेशन तिमेरुलाई हुनेछ।'
सँधैजसो कार्यकर्ता र नेपाल भ्रमणमा रहेका विदेशीले भरिने कोइराला निवास महाराजगञ्जको बैठक कोठा बुधबार फिल्मकर्मीले भरियो। फुलपातीमा रिलिज हुने उद्धव पौडेलको नयाँ फिल्म 'कुसुमे रुमाल'को टिमलाई कोइरालाले चियापानमा बोलाएका थिए। यसैले फिल्मका निर्माता उद्धव, निर्देशक निरक, हिरोइन रुबी भट्टराईलगायतको टोली कोइराला निवास पुगेको थियो। फिल्मका हिरो निरज बराल र अर्की हिरोइन उषा रजक भने टोलीमा थिएनन्।

सबभन्दा धेरैपटक देशको प्रधानमन्त्री भएको रेकर्ड कोइरालाको नाममा छ। अखबारलाई आधार मान्ने हो भने साठी वर्षभन्दा लामो राजनीतिक जीवनमा सबभन्दा धेरै आलोचना खेप्ने नेतामा पनि उनको टक्करमा कोही आइपुग्दैन। भन्नेहरू गिरिजाप्रसाद कोइरालालाई 'डिक्टेरर' भन्दिन्छन् र लेख्नेहरू 'कोइरालाका अगाडि परेपछि बाहिर गाली गर्ने पनि लत्रिन्छन्' भनेर लेख्दिन्छन्। तर, बुधबार कोइरालाले फिल्म, संगीत र राजनीतिका कुरा गर्दा आफूलाई कतै माथि राखेनन्।

'हाम्रो फिल्म अडियन्स भनेको जम्मा दुईदेखि पाँच प्रतिशत हो, बाहिरको बजारमा फिल्म लैजान सकियो भने फिल्ममा लगानी पनि बढाउन सकिन्छ,' छोरा पौडेलले भने। त्यसमा बाबु पौडेलले थपे, 'भारत, मलेशिया र खाडी देशमा थुप्रो नेपाली छन्, त्यहाँ देखाउन पाए हुन्थ्यो। हजुरले पार्टीको विदेश विभागलाई पनि भन्दिनुपर्‍यो।' बाबुछोराका कुरा सुनेपछि सायद गिरिजाप्रसाद कोइरालाभित्रको बाबु जाग्यो उनले छोरी सुजातालाई सम्झे। 'म सुजातालाई भन्छु,' उनको स्वर अलि मलिन भयो, 'अहिले त अमेरिका गएकी छे, भएको भए म यहीँ बोलाउँथे, आएपछि म भन्छु।'

कुराकानी अघि बढ्दै जाँदा कुराको विषय पनि बदलिइरह्यो। 'सबै पार्टीमा विभाजन छ,' शान्ति सुरक्षाको कुरा उठ्दा उनले भने। 'माओवादी र एमालेमा दुई गु्रप देखिएको छ, कांग्रेसमा त चार-पाँच वटै छन्,' कोइराला हाँसे। पार्टीका आन्तरिक विवादका समाचार पढेर दिक्क भएका कलाकार पनि सँगै हाँसे। लगत्तै कोइरालाले पार्टीहरूका बीच बढ्दो वैमनस्यताको कुरा झिके। 'यत्रा ठूला नेताहरू आफूलाई नसुहाउने गरी आफ्नो लेबल बिर्सेर बोलिरहेका छन्, यसले अर्न्तराष्ट्रिय समुदायमा नराम्रो म्यासेज गयो, यिनले चलाउन नसक्ने रहेछन् भन्ने पर्‍यो।'

भेटमा उद्धवले आफ्नो नयाँ फिल्मभन्दा बढी नेपाली फिल्मको विदेशी बजारको कुरा गरिरहे। उनले घरी नेपालभन्दा पछि फिल्म बनाउन थालेर पनि एक सय देशमा रिलिज हुने श्रीलंकाका फिल्मका कुरा गरे, घरी भारतमा नेपाली फिल्म सेन्सरलाई खुकुलो बनाइदिने पहल गरिदिन आग्रह गरे। बीचमा डा. भोलाले विदेश भ्रमणमा जाँदा 'बुझेका' फिल्मकर्मी कसैले नलगेको गुनासो गरे। जसको जवाफ कोइरालाले यसरी दिए, 'यो सब आफ्नो मान्छे लैजान खोजेर हो।' कोइराला आफैंले चाहिँ कति 'जानेका'लाई लगेका छन्? यो प्रश्न कसैले सोधेन।

'फोटो खिच्न त बाहिर जानु पर्छ,' कुराकानीका बीचमा फ्ल्यास चल्न थालेपछि कांग्रेस सभापतिले भने। कोठाका सबैजसोले सहमतिमा टाउको हल्लाए। आफ्नो कुरामा सहमति जुटेको देखेपछि कोइराला थप जोशिए, 'मान्छेहरू मेरा बारे के-के कुरा गर्छन्, ...पिपल'लाई म एकदम ठीक छु भनेर देखाउन बाहिर फोटो खिच्नुपर्छ,' कारण यसरी खुल्यो।
'कुटनीति असफल भएपछि कलाको पालो आउँछ,' कोइरालाले अन्तराष्ट्रिय सम्बन्धको कुरा गरे। एकछिन राज्य कमजोर हुँदै गएकोमा चिन्ता पनि व्यक्त गरे। अनि सुरु भयो संगीतको कुरा। 'म रेडियोमा गीत सुनिरहेको हुन्छु, हिन्दी फिल्मका गीतमा सब यहाँका धुन लगेजस्तो लाग्छ' उनले मनको कुरा भने। ती कुन गीत हुन् भन्ने 'डिटेल्स्'तिर उनी लागेनन्, फोटो खिच्नका लागि उठे।

घरको कम्पाउन्डमा फोटो खिच्न लहर मिलाउँदै गर्दा उनले आफ्नो पछाडि बसेका निरक पौडेललाई अगाडि बोलाउँदै भने, 'नयाँ जेनेरेशन भएर पछाडि बस्ने, तिमीहरू अगाडि आउनुपर्छ।' अर्को छेउकी हिरोइन रुबी भट्टराईलाई पनि बोलाए। आफुलाई ताकिरहेका तीन चारवटा क्यामेरा देखेपछि उनले ठट्टा गरे, 'यत्रा क्यामेरा छन्, कता फर्किने हो मलाई भन है।'

फोटो सेसनकै बीचमा उद्धवले 'कुसुमे रुमाल'का क्यामेराम्यान राजु थापालाई चिनाए। तुरुन्तै उनले थापालाई प्रश्न गरे, 'तपाईंको क्यामेरा खोई त, ल्याउनु पर्दैन?' पछाडिपट्टिको गाडी स्टार्ट भइसकेको थियो, 'अग्लो व्यक्तित्व भएका नेता' बाहिर हिँड्ेन तयारीमा थिए। दुई मिनेटमा फिल्मको क्यामेराम्यानको कामको वर्णन गर्न संभव थिएन। यसैले राजुले हाँसेर प्रश्नलाई टारिदिए।

८६ वर्षका कोइरालालाई देशको सबभन्दा सक्रिय नेता मान्नेको जमात ठूलै छ। पार्टी अधिवेशन होस्, या चुनाव ठाउँमा पुग्ने कीर्तिमान अझैसम्म उनको नाममा छ। तर, बुधबार मध्यान्हको आधा घण्टामा उनले दसपटक जति 'नयाँ पुस्ता'को कुरा गरे। र, आफूलाई बेग्लै कोटीमा राखे 'हामी त आउटडेटेड भइसक्यौं।' उनी बेलाबेला आफ्ना लागि आफै डेटलाइन पनि तोक्छन्। जस्तै, संविधान बनाउने मेरो अन्तिम काम हो, देशमा शान्ति नल्याइ म छोड्दिन। उनलाई हेर्दा लाग्थ्यो, गिरिजाप्रसाद कोइराला त्यस्तो 'प्रौढ'को नाम हो, जसले कहिल्यै 'बुढो' हुन जानेको छैन। कलाकारमात्र होइन, पार्टीमा उनीपछिको लाइनमा उभिएका उनकै 'चेला'हरूले पनि यो कुरामा विमति जनाउँदैनन् होला!

Wednesday, September 23, 2009

'नायिका’को ब्लु भिडियो


नेपाली सिनेमाकी चल्तीकी नायिका नम्रता श्रेष्ठ अश्लील भिडियोको विवादमा फसेकी छिन् । म्युजिक भिडियोकी महँगी र सिनेमाकी 'चुजी' नायिका नम्रताको 'मेरो एउटा साथी छ' काठमाडौंका हलहरूमा प्रदर्शन भइरहेको छ ।

नम्रता र किचयम चित्रकार




(डिजे तान्त्रिक) ले सहवास गरेको लाइभ दृश्य भन्दै मोबाइल-मोबाइलमा भिडियो फरवार्ड भइरहेको छ । नम्रता र डिजे तान्त्रिक प्रेमी-प्रेमिका भएको र आफैले हेर्न मोबाइलबाट यस्तो दृश्य खिचेको चर्चा छ । भिडियो बजारमा आएपछि हंगामा भएको छ ।

६ मिनेटको भिडियोमा देखिने युवतीले बाउलामा सेता धर्का भएको रातो ट्रयाक लगाएकी छिन्, तल केही पनि लगाएकी छैनन् । युवकले त तलमाथि केही पनि लगाएका छैनन् ।

युवा-युवती सहवासमा लिप्त छन्, वेला-वेला मोबाइलतर्फ पनि हेर्छन्, 'ब्याकग्राउन्ड'मा वेला-वेला संगीत पनि सुनिन्छ । संगीतसँगै दुवैजनाले पालै-पालो मुख-मैथुन गरेका छन् । क्यामेराले दुवैजनाको यौनांग जुम पनि गरेको छ ।

भिडियो हेर्दा सहवास मात्र होइन, 'सुटिङ' पनि सहमतिमा भएको स्पष्ट बुझिन्छ । उनीहरू दुवै मदिराले मातेकाजस्ता देखिन्छन् ।

स्रोतका अनुसार यो भिडियोले केही महिना पहिले नै बबण्डर मच्चाइसकेको थियो । डिजे तान्त्रिककी श्रीमतीले उजुरी गरेपछि माइती नेपालका अधिकारीहरूले नम्रता र तान्त्रिकलाई कार्यालयमै बोलाएर माफी माग्न लगाएको स्रोतको दाबी छ ।

दुवैजनाले यस्तो क्रियाकलाप आइन्दा नगर्ने कसम खाएको चर्चासँगै पुरानो भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा देखिने युवाका रूपमा चर्चामा आएका डिजे तान्त्रिकसँग सम्पर्क हुन सकेन । नायिका नम्रताले भने सो भिडियो आफ्नो हो वा होइन भन्नेबारे केही बोलेकी छैनन् ।

विवादास्पद भिडियोबारे प्रस्ट पार्न पत्रकार सम्मेलन गरेर सबै कुरा खोल्ने बताएकी छिन् । 'जे भन्नुछ म भोलि




(आइतबार) भन्छु,' उनले नयाँ पत्रिकासित भनिन्, 'म पत्रकार सम्मेलन गर्छु, नभए प्रेस वक्तव्य जारी गर्छु ।' उनले भिडियो विवादबारे चासो राखेकोमा नयाँ पत्रिकालाई एसएमएसबाट समेत धन्यवाद दिइन्, तर भिडियोबारे चर्चा गर्न नै चाहिनन् ।

म्युजिक भिडियोमा भव्य सफलतापछि नम्रता चलचित्रमा छिरेकी हुन् । उनले अभिनय गरेको पहिलो चलचित्र 'सानो संसार' गत वर्ष हिट भएको थियो । उनको दोस्रो सिनेमा 'मेरो एउटा साथी छ' अहिले बजारमा छ ।

नम्रता नेपाली म्युजिक भिडियोकी सबैभन्दा महँगी मोडल हुन् । धेरै पुराना नेपाली नायिकाले एउटा चलचित्रबाट ५० हजार रुपैयाँ पारिश्रमिक लिन्छन् भने नयाँ नायिका नम्रताले एउटै फिल्मबाट डेढ लाखसम्म लिने गरेकी छिन् । सहकर्मीहरू उनलाई महँगी भए पनि भलाद्मी कलाकार मान्छन् ।



सबै कुरा भोलि




(आइतबार) बताउँछु: नम्रता
शनिबार राति ९




:०० बजे

नयाँ पत्रिका कार्यालयबाट नम्रताको मोबाइलमा डायल, फोन धेरै ढिलो उठ्छ ।

हेलो, नम्रताजी नमस्कार ।

को बोल्नुभएको ?

म नयाँ पत्रिकाबाट लक्ष्मण सुवेदी ।

ए, भन्नोस् न ।

बजारमा तपाईंको भन्दै एउटा अश्लील भिडियो आएको छ, त्यहीबारेमा तपाईंको प्रतिक्रिया लिऊँ




भनेर ।

ए, मलाई पहिले तपाईंको मोबाइल नम्बर एसएमएस गरिदिनुस् न...

ओके...

फोन राखियो ।

राति ९




:१५ (एसएमएसमा नयाँ पत्रिका समाचारदाताको नम्बर गएको केहीबेरमा) नम्रताको मोबाइलबाट फोन आयो फोन- तत्कालै काटियो ।
राति ९




:१६

नयाँ पत्रिका कार्यालयको नम्बरबाट नम्रतालाई फोन । यसपटक पनि ढिलै उठ्यो फोन ।

नम्रता




: हेलो को बोलेको ?

म नयाँ पत्रिकाबाट, भर्खर तपाईंको फोन आएको थियो । उठाउँदा-उठाउँदै काटियो । अँ, अब भन्नुस् न अश्लील भिडियोबारे तपाईंको भनाइ के छ ?

यसबारेमा म अहिले केही भन्न सक्दिनँ । मलाई यसबारेमा फोन आएको आयै छ । म यो कुराले एकदमै डिस्टर्भ छु । मेरो सुटिङ भइरहेको छ । तनावले सुटिङमा पनि जान सकिनँ ।

कहिले बोल्नुहुन्छ त तपाईं ? या मौन बस्नुहुन्छ ?

मैले अब के गर्ने भन्ने डिसिजन लिन सकेकी छैन । भोलि नै मैले पत्रकार सम्मेलन गर्छु होला । नभए प्रेस रिलिज गर्छु । त्यसो पनि नभए पर्सनल्ली मिडियापर्सनलाई फोन गरेर आफ्नो कुरा राख्छु । त्यसैले अघि तपाईंको मोबाइल नम्बर मागेकी ।

आज नै धेरै चर्चा भइसक्यो, केही त प्रतिक्रिया होला तपाईंको ?

म अहिले केही पनि बताउन सक्दिनँ । भोलि नै भन्छु नि ।

तपाईं भोलि के भन्ने मुडमा हुनुहुन्छ ?

हेर्नुस्, मैले यत्रो आठ-नौ वर्ष यो क्षेत्रमा काम गरें । त्यो कुरा त तपाईंहरूलाई पनि त थाह छ नि..

उसो भए बजारमा तपाईंले त्यो भिडियो 'फेक' हो, त्यो केटी म होइन भन्ने मुडमा हुनुहुन्छ ? त्यही प्रतिक्रिया लेखूँ त ?

होइन, यसबारेमा म अहिले केही बताउँदिनँ । भोलि नै क्लियर हुन्छ । ओके...बाइ ।

नम्रताको फोन काटियो ।

NEWS FROM NAYA PATRIKA

राणाशासनको दबदबाको समयमा काठमाडौं लक्ष्मी दरबारमा जन्मेका पशुपतिशमशेर




महाराजगन्ज शिक्षण अस्पतालअगाडि उभिएको पशुपतिशमशेरको निवास पुग्दा उनी 'सुकला होइबक्सेको' खबर आयो । उनीसँग कुरा गर्न लगभग एक घन्टा त कुर्नैपर्‍यो । आज उनीसँग खानदानी संवाद गर्नुथियो । पशुपतिशमशेरले संभ्रान्त वर्गको उच्च तहको जीवन बिताए । अहिलेसम्म पनि उनी 'भुजा ज्युनार' गर्छन्, 'सुकला' हुन्छन् र गणतान्त्रिक नेपालमा पनि उनको 'सवारी' चल्छ । उनको बैठकसम्म पुग्न अझै हुक्के र बैठकेहरूको अगवानी चाहिन्छ । त्यसपछि मात्रै उनको पि्रय कुुकुरको पालो आउँछ ।

राणाशासनको दबदबाको समयमा काठमाडौं लक्ष्मी दरबारमा जन्मेका पशुपतिशमशेरले जीवनमा कहिल्यै दुःख देखेनन् । त्यसैले सुख उनका लागि कहिल्यै पराइ हुन पाएन । उनको दरबारका कामदारको संख्या नै पनि ५/६ सय थियो । अनि 'नाति जर्नेल'लाई हेरचाह गर्ने सुसारे नै आठजना थिए । खाना खुवाउने, लुगा फेरिदिने, शौचकर्ममा बोकेरै पुर्‍याइदिनेे सुसारे नै थिए । अहिले ६८ वर्षको संघारमा उभिएर पछाडि फर्केर हेर्दै छन् उनी । कस्तो लाग्यो त्यो जीवन ? 'असम्भवजस्तो लाग्छ,' साँझ डुब्नै लागेको घाम हेदर्ैै उनी सुनाउँछन्, 'त्यो दरबारिया सुखसयलको जीवन अर्कै जीवन हो कि जस्तो लाग्छ ।' के अहिले त्यो जीवन गिर्दो छ त ?

धेरै छ दुःखान्तको भेल, पैरो । तर, पशुपतिले सुखान्तको जुलुस मात्र देखे । साँचो सुखको निचोड के हुन्छ होला ? त्यो त पशुपतिले अहिले पनि फेलापारेका छैनन् । त्यसवेला उनी दरबारमा थिए । खुब सुख थियो जीवनमा । तर, राणाशासनमा भोगेजस्तो सुखसयल फेरि फर्केर आएन । तैपनि नाति जर्नेलको जीवनलीला आमनेपालीको भन्दा निकै फरक छ, निकै संभ्रान्त । तर, उहिलेको रबाफ उहिलेकै हो । अब कहाँ पाउनु ! पहिले र अहिलेको जीवन दाँजिहेरे कस्तो लाग्ला ? 'अब त्यस्तो जीवन बाँच्न नपरोस्जस्तो लाग्छ,' उनले भने । दरबारमा बाजे मोहनशमशेरलाई 'मनबुबा' भनिन्थ्यो । दिनको एकपटक पनि बाजेको दर्शन गर्न पाइन्नथ्यो । दरबारमा मान्छे यति हुन्थे कि भीड देख्तैमा अत्यास लाग्थ्यो ।

विसं २००७ सालमा राणाशासन ढल्यो । दरबारिया सुखसयल उस्तै रहने कुरै भएन । त्यतिवेला उनी नौ वर्षका थिए । सात वर्षको उमेरमा उनलाई बुबा विजयशमशेरले पढ्न भनेर दार्जिलिङ पुर्‍याएका थिए । यताको परिवर्तन उनले महसुस गर्न पाएनन् । राणाशासनको अन्त्य भएपछि पनि उनलाई नेपाल ल्याइएन । बरु नाति जर्नेल पढ्न बेलायत पुगे । 'धेरैपछि मात्रै नेपाल फर्किएँ,' उनले सुनाए, 'मलाई राणा सुखसयलको खासै अनुभव भएन ।'

राणा खानदानमा जन्मेका उनले धेरैखाले जिन्दगी भोगेका छन् । अनेक रंग मिसिएका छन् उनी बन्न । जिन्दगीलाई अनेक कोणहरूबाट नियालेका छन् उनले । बेलायत पढ्दा उनले आफैं खाना पकाउनुपथ्र्यो । आफैं स्टोभ बाल्नुपथ्र्यो । आफैं लुगा धुनुपथ्र्यो । पछि पनि दरबारिया सुखसयलमा हुर्केका भए यी सबै जीवनमा गर्नुपर्ने थिएन । जीवनलाई यी रूपहरूमा भोग्नुपर्ने थिएन । तर, परनिर्भर जीवन आफूलाई कति पनि मन नपर्ने उनले सुनाए । त्यो जिन्दगीमा दुःख थिएन । त्यस्तो स्वर्गबाट एकाएक पृथ्वीतलमा प्रवेश गर्दा कस्तो भो त ? 'त्यो एक हिसाबले रमाइलो जीवन थियो । त्यहाँ सबै कुरा थियो, तर आत्मिक सुख सायद मिल्दैनथ्यो,' उनले सुनाए, 'बिलास थियो, तर ती सबै अरूले तारतम्य मिलाइदिएको ।' उनलाई राणाशासन एउटा व्यवस्था हो, एक दिन ढल्नैथियो भन्ने लाग्दो रहेछ । 'त्यो त ढल्थ्यो नै कुनै पनि व्यवस्था धेरै टिक्दैन । पछि हुँदा जरैदेखि त्यो मक्किएर आउँछ,' उनले भने ।

दरबारिया सयलबाट अलिकति हटेको यत्तिको समय बितिसक्दा पनि उनले त्यो समयको गुलियो बिर्सिएका छैनन् । त्यहाँका चालचलन, आनीबानीहरू एक-एक गरी आँखामा आउँछन् । सानो छँदा दरबारभित्र उनलाई हेरचाह गर्ने आफ्नै आमा थिइनन्, धाइआमा थिइन् । 'म उनलाई 'बु' भन्थेँ,' उनले सुनाए, 'आमालाई त भेट्नै पाइन्नथ्यो । त्यही दिनको एक/दुई घन्टाजति मात्रै हो आमालाई देख्ने ।' बुबालाई त दिनको १५ मिनेट मात्रै देखिन्थ्यो ।

बेलायत बसेर फर्केपछि पनि उनी त्यही दरबारमा बसे, जहाँ उनको बाल्यकाल बितेको थियो । दरबारमा पहिलेजस्तो सुसारेहरू थिएनन् । माया गरेर दूध चुसाउने धाइआमा थिइनन्, मात्र थिए ठूला खम्बाहरू । अत्यासलाग्दो

समय ! त्यसवेला उनी ठिटा थिए । कोही आइदेओस् र जिन्दगीको पनि रस आओस् भन्ने वेला एक्लै बस्दा एक्लै बस्न कति उदासलाग्दो हुन्छ होला ? त्यो पनि त्यति ठूलो दरबारमा । दरबारको जिन्दगी सम्झेर अहिले पनि अत्यास मान्छन् उनी । कति धेरै कोठाहरू थिए । ती सबै खाली मात्रै । फेरि कयौं कोठाहरू त बन्द थिए । ती सबै कोठाहरूबाट एउटा चिच्याहट आइरहेजस्तो । दाजुहरू छुट्टै बस्थे । 'अत्यासलाग्दो हुन्थ्यो दरबारका खाली कोठाहरू देख्दा । आँखामा पहिलेकै जस्तो धेरै सेनाहरू आउँथे । सुसारे आउँथे र माया गर्ने धाइआमा आउँथिन्,' उनले सुनाए, 'एक्लै थिएँ दरबारभरि, बिहे भएको थिएन । पूरै निरस लाग्थ्यो जिन्दगी ।'

हुन त उनको दरबारी छाँटकाँट पछि पनि रह्यो । यता नेपाल आइसकेपछि उनले सरकारी जागिर खाए । के खाँचो थियो र जागिर खान ? 'कर्मचारी हुन मन लाग्यो,' उनी बितेका दिनमा फर्किए, 'सरकारी जागिरको अनुभव कस्तो होला भन्ने उत्सुकता मनमा थियो ।' ००७ साल पछाडि पनि राणाहरूको जिन्दगी खासै फेरिएको थिएन । लगभग उस्तै थियो । आफ्नो शासन हुँदाका सबै सम्पत्ति उनीहरूकै थिए । त्यही सम्पत्तिमा आफ्नो रबाफ थियो । 'तर, शिरवरिपरिको आभा हराउने रहेछ । प्रजातान्त्रिक व्यवस्था आएपछि आफू पनि प्रजातान्त्रिक हुनैपर्‍यो । अबचाहिँ आफ्ना शासनका दिनहरू सम्झेर बस्नु मात्रै थियो राणाहरूले ।' शासन ढलेपछि सहरमा भएको आफ्नो प्रभाव कम हुँदै गए पनि काँठका जिल्लाहरूमा राणाहरूको प्रभाव निकै पछिसम्म रहेको उनलाई सम्झना छ । 'तर, त्यस्तो रबाफ थिएन राणाहरूमा,' उनले भने, 'परिवार महत्त्वपूर्ण थिएन, सत्ताको पो महत्त्व हुन्छ त । अति नै कम राणाजीहरू मात्रै आफ्नो तहतप्कामा थिए । समाजमा कतै-कतै असर थियो राणाको ।'

राणा खानदानमा जन्मेका पशुपतिले पछि राजनीति गरे । सिन्धुपाल्चोकमा उनले धेरैलाई सपना बाँडे । धेरैका सपनाको खेती गरे र वर्षौंसम्म चुनाव पनि जिते । राजनीति गर्नु के जरुरी थियो ? फरि सबैले आफ्नो सपनाको बाटो पछ्याउने हो । के सपना थियो जीवनमा ? सबै राजनीतिज्ञले बोल्नेजस्तै गरी उनी पनि बोले, 'नेपाली जनताको सेवा गर्ने सपना थियो । मेरो बुबा 'नेपाली जनताको सेवा गर्नुपर्छ है' भन्नुहुन्थ्यो । तर, म १२ वर्षकै हुँदा उहाँले यो संसार छोड्नुभयो । त्यसैवेलादेखि मनमा म बुबाको इच्छाको पछि लाग्छु भन्ने थियो ।' उनले पटक-पटक बेलायतमा रहँदा आफूले 'कठिन जीवन बिताएको' सुनाए, मानौँ उनले पनि थाइल्यान्डका राजकुमारहरूले एकवर्षे भिक्षु बन्नुपरेको थियो । बेलायतमा बाँचेको जीवनले उनलाई आफ्नो खानदानप्रतिको रबाफ निकै कम गरायो । 'आफूमा हुर्किएका धेरै प्रभाव, संस्कारहरू परिमार्जित भए । जनतामूखी हुनुपर्छ भन्ने सिकेँ बेलायतमा रहँदा,' उनले भने, 'बुबाको लक्ष्य, बेलायतमा बाँचेको जीवनले सायद मलाई राजनीति गर्न प्रेरित गर्‍यो ।' तत्कालीन राजा महेन्द्र शाह भएसम्म राणाहरूले सुख पाएनन् । 'हामीले त्यसवेला कुनै क्षेत्रमा मौका पाउने सम्भावना थिएन,' उनले भने, 'राजाहरू हामीप्रति वक्रदृष्टि राख्थे ।'

राजनीतिमा पसेपछि आफूले निकै दुःख भोगेको उनी सुनाउँछन् । आफूले सिन्धुपाल्चोकका सबै गाविसहरू चहारेको बताउँछन् उनी । ०३१ सालमा राजनीति सुरु गरेपछि पहिलो कदम शिक्षामा क्रान्ति गर्नुपर्छ भन्ने थियो । त्यसका लागि आफूसँग भएको पैसा खर्च गर्न पनि तयार भए उनी । के पशुपतिले आफ्नो खानदानको रबाफ र पैसाले राजनीति गरे ? 'त्यसो होइन । तर, राजनीतिमा पैसा पनि खर्च गर्नुपर्दोरहेछ,' उनले भने, 'तर, मैले विकासका लागि मात्र पैसा खर्च गरेँ ।' आफू हुर्केको राणाकालीन परिवेशले जनसम्पर्कमा आउन कतिको अप्ठेरो पर्‍यो ? 'जनसम्पर्कमा आउन अलिअलि गाह्रो त भयो नै, फेरि तल्लो वर्गको जनताको दुःख नदेखेको हुनाले त्यसो हुनु स्वाभाविक पनि हो,' उनले भने, 'बेलायतमा रहँदा अंग्रेजी मात्र बोलिन्थ्यो । नेपाल फिरेपछि मात्र नेपाली बोल्न सिकेको हुँ । भाषाको पनि समस्या पर्नेरहेछ ।'

पशुपति जन्मे, हुर्केको परिवेश नै बडो 'सामन्ती' थियो । उनले सानोमा गाउँ भोगेनन्, दुःख भोगेनन् । जनतामाझ भिजेनन् । तर, उनलाई दुर्गम गाउँका जनताले आफ्नो मनको नेता भने । सधैं चुनाव जिताए । २५ वर्षसम्म चुनाव जितिरहे । ती दुर्गम गाउँका जनताले उनलाई किन विश्वास गरे होलान् ? 'मैले उनीहरूलाई शिक्षाको ज्योति दिएँ । सबै ठाउँमा स्कुल खोल्न सघाएँ । त्यसवेला जिल्लामा हाईस्कुल बन्नुमा मेरै हात थियो । खानेपानी, सिंचाइ, विद्युत्लगायत समग्र विकासमा मेरो योगदान छ । त्यसैले मलाई जनताले आफ्नो मनैमा राखे । मलाई खाँचो केही थिएन, मात्र मनमा पलाएको सेवा-भाव हो ।'

जीवनमा उनलाई नपुग्दो केही छैन । आमनेपालीको भन्दा उच्चस्तरको जीवन बाँच्छन् पशुपति । तर, पनि उनी गरिब जनताका नेता भए । गरिबका मनैमा बसे, तर पनि यिनी कम्युनिस्ट होइनन् । 'प्रजातन्त्रवादी हुँ' भन्छन् आफूलाई । अहिले राजनीतिमा कुन दर्शनले प्रभावित भएर हिँडिरहेको ? 'बुबाको इच्छाले र बेलायतमा पढ्दा प्रजातान्त्रिक र समाजवादी उदारवादी व्यवस्थाबाट प्रभावित भएर राजनीतिको बाटो हिँडिरहेको ।' राणाशासन भोगेर आएको मान्छेले अहिलेको गणतन्त्र कसरी अँगाल्न सकेको ? 'मलाई गाह्रो भएको छैन । मैले पञ्चायत भोगेँ, बहुदल भोगेँ, राजाको शासन पनि भोगेँ, त्यसैले अनेक परिवेश भोग्ने बानी परिसक्यो ।'

यिनले राजनीति गरेको सिन्धुपाल्चोकका जनताको जस्तो दुरुह जीवन यिनको परिवारले कहिल्यै भोगेको छैन -बरु देखेका होलान्) । पहिले भनिने जस्तो राजसी ठाँटबाँट अहिले पनि छ यिनको परिवारमा । अभाव, दुःख र गरिबी कहिल्यै नदेखेका पशुपतिको परिवार र सिन्धुपाल्चोकका सुदूर गाउँका जनताको जीवन कसरी तुलना गर्नुहोला ? 'धेरै फरक छ नि, हाम्रो परिवार र उनीहरूको जीवनमा । एक माना चामल जोड्न्समेत नसक्नेहरू पनि छन् त्यहाँ । हामीले अहिलेसम्म दुःख देखेका छैनौँ,' उनले सुनाए, 'तर, मैले राजनीति गरेयता त्यो जिल्ला निकै माथि उठेको हो । जीवनस्तर बढ्दै छ त्यहाँ । निजी उद्यम बढेका छन् । जीवनस्तर निकै फेरिएको मैले देखेको छु । त्यहाँका मानिस बेलायत, अमेरिका गएको मैले देखेको छु । सिन्धुपाल्चोकमा कतै दुःख छ, कतै सुखको ठूलो संसार छ ।'

यतिको वर्ष राजनीति गर्दा उनलाई गरिबसँग पनि दया लागेन रे । 'दया गर्नुहुन्न उनीहरूलाई,' उनले सुनाए, 'बरु त्यो दुःख कसरी घटाउने त्यो पो सुरु गर्नुपर्छ ।' उनलाई दयाले ३५ वर्षसम्म रााजनीति जाँदैन भन्ने लाग्दो रहेछ । 'यो त सेवा-भाव पो हो । कहाँ दया हुनु ?' उनले भने, 'जनताको सेवा गर्न त लगाब चाहिने रहेछ मेरोजस्तै । तर, भोट दिनेहरूको सपना कहाँ पुग्यो ? 'उनीहरूको सपना धेरै हदसम्म पूरा भएको छ । जीवनस्तर सुधे्रेको छ । धेरै सुखी हुन थालेको छ जिन्दगी ।'

पशुपतिले संभ्रान्त वर्गको सबैभन्दा उच्च रूप कस्तोसम्म भोगेका छन् ? 'जति भोग्नु सोखसयल म सात वर्ष हुँदै भोगेँ दरबारमा । त्यसपछि त्यतिको सुखसयल कहिल्यै भोगिएन ।' अनि, सिमान्त वर्गका सबैभन्दा दुःखी दिनहरू कस्तोसम्म देखेका छन् उनले ? 'मैले सिन्धुपाल्चोकका घरहरूमा एकछाक भात पनि खान नपाउने गाउँहरू घुमेको छु,' उनले भने, 'उनीहरूको जीवन साह्रै गाह्रो थियो बाँच्न । एकपटक जाजरकोटको सदरमुकामबाट ३३ घन्टा हिँडेपछि मैले खान पनि नपाइबसेका जनता देखेँ । एउटा घरपुग्दा कहिल्यै पनि भात खान नपाउने, वर्षैभरि कोदोको पिठो र मकै-भटमास मात्र खाने घर भेटेँ , त्यसवेला जीवन यतिसम्म दुःखी पनि हुँदोरहेछ हगि ! भन्ने लागेको थियो ।'

उनको बिहे पनि भारतको प्रख्यात राजघरानामा भयो । ग्वालियरको सिन्धिया राजपरिवारकी सुकन्या उषा राजेसँग उनको बिहे भयो । दाइजोमा पनि उनले धेरै सम्पत्ति ल्याए । कति ल्याए भन्न चाहेनन् । छोरी देवीयानी र र्ऊवशीको बिहे पनि दिल्लीमै भएको हो । यस्ता खानदानी ज्वाइँहरू आफैंले छानेको हो कि ? 'कहाँ हुनु नि छोरीहरू आफैंले छानेका हुन्,' उनले भने । उनका आफ्नै तीनजना दिदीबहिनीहरूको पनि हिन्दुस्थानमा बिहे भएको हो । पशुपतिको ठुलोबाबुको छोरीको कस्मिरका महाराज डा. कर्ण सिंहसँग बिहे भएको हो ।

उनी अहिले पनि सिन्धुपाल्चोकका केही जनताका 'राजासाहेब' हुन् । अहिले पनि सिन्धुपाल्चोकदेखि 'राजासाहेब यति गरिदिनुपर्‍यो' भन्दै जागिर खोज्नेदेखि बिरामी राम्रोसँग उपचार गर्न नसक्नेहरू धेरै आउँछन् । 'म सकेको सहयोग गरिदिन्छु, सकेसम्म निराश बनाउँदिनँ,' उनले भने । संभ्रान्त जीवन बाँचेका पशुपतिले आफूलाई प्रगतिशील पनि भन्न रुचाए । 'मूलतः समाजवादी सोचाइ आए पनि धनी र गरिबबीचको खाडल चिर्न चाहन्थेँ । मुलुकलाई फेरबदल गर्ने सोच थियो । तर, खै के पो भयो देश ?' के सबै जनताले पशुपतिकै जस्तो जीवन बाँच्ने सपना देख्न सक्लान् ? 'सक्छन्, व्यक्तिगत निजी उद्यम भयो भने । उद्यमशीलता हुनुपर्‍यो सबैमा । नेतामा जनतालाई विपन्नताबाट मुक्त गर्ने लक्ष्य हुनुपर्‍यो,' उनले सुनाए ।

अक्सफोर्डका उत्पादन नेपाली अर्थशास्त्री पशुपतिशमशेर जबरा पञ्चायतीकालका जब्बर मन्त्री त हुँदै हुन्, शाही राजतन्त्र नामक मृग ओर्‍हालो लाग्दा लखेट्ने बाघ पनि हुन् । बदलिएको अवस्थामा कस्तो भाषा बोल्नुपर्छ, यिनलाई राम्रै थाहा छ । आफ्नै विशिष्ट शैलीको दमदार ढाका टोपी र लबेदा कस्ने फराकिलो पेटी अरू कुनै नेपालीले लगाउँदैनन्, यिनलाई भने खुब सुहाउँछ ।

यिनलाई राम्ररी चिन्नेहरू भन्छन्- सिन्धुपाल्चोकका कुनै तामाङ भेटिए, उनी पीठमा धाप मार्छन् र सोध्छन्- बालाई सन्चै छ ? उसको बाबु मरेको दशकौं भइसकेको हुन्छ । उसले जब भन्छ- बा मरेको त बीस वर्ष भयो, उनी फेरि सोध्छन्- ए आमा हगि ? उनी पनि स्वर्गे भएको धेरै भो भनेपछि उनी अरू कसैको बारेका सोधिदिन्छन् । त्यो तामाङ 'राजासाहेब'ले पीठमा थप्थपाउनुभो भनेर महिनौं दिनसम्म कुरा गर्दै हिँड्छ । राजनीतिमा यो उनको अब्बल काइदा हो । र, यसैमा उनी यात्रा गरिरहेका छन् ।

Sunday, September 6, 2009

शिक्षण अस्पताल मै ४० हजार खर्चमा मिर्गौला प्रत्यारोपण

शिक्षण अस्पतालले ४० हजार रुपैयाँ शुल्कमै मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराएपछि प्रत्यारोण गराउने बिरामीको चाप अत्यधिक बढेको छ ।

अस्पतालले एक वर्षयता ३६ जनालाई सफल प्रत्यारोपण सेवा उपलब्ध गराएको छ । सुरुका केही बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराएको अस्पतालले ४० हजारमा अन्य बिरामीलाई नियमित सेवा उपलब्ध गराउँदै आएको हो ।


'४० हजार रुपैयाँ मात्रै अपरेसन शुल्क लिन्छौं, मिर्गौला दिने र लिने दुईजनाको बेडशुल्क छुट्टै तिर्नुपर्छ,' अस्पतालका नेफ्रोलोजी विभागप्रमुख दिव्या सिंहले नयाँ पत्रिकासँग भनिन् । स्वदेशमै सस्तो सेवा उपलब्ध भएपछि प्रत्यारोपण गराउनेको चाप बढेको सिंहले जानकारी दिइन् । 'हामीकहाँ एक सय आठजनाले प्रत्यारोपणका लागि नाम लेखाएका छन्, मंसिर-पुससम्म प्याक भइसक्यो, नयाँलाई पालो नै छैन ।'


हरेक साता एकजनाको प्रत्यारोपण गर्ने अस्पतालको लक्ष्य रहेको उनले जानकारी दिइन् । अस्पतालले हरेक बुधबार प्रत्यारोपण गर्ने गरेको उनले जानकारी दिइन् । सिंहका अनुसार बुधबार बिदा पर्दा शल्यक्रिया नै रोकिने गरेको छ । अस्पतालले सफल प्रत्यारोपण गरेका ३६ जनामध्ये दुईजनाको मात्र मृत्यु भएको छ । दुईजनामध्ये एउटाको मृत्यु प्रत्यारोपणबाट नभई दिमागको रक्तनलीमा रहेको ट्युमरका कारण भएको र अर्कोले नियमित औषधि नखाई रक्सीसमेत पिएकाले मृत्यु भएको विभागप्रमुख सिंहले स्पष्ट गरिन् । शिक्षण अस्पतालले एक वर्षअघि प्रत्यारोपण सेवा सुरु गरेको हो । अस्पतालको शुल्कबाहेक औषधिलगायत विभिन्न परीक्षण शुल्क भने बिरामीले नै बेहोर्नुपर्छ । नेपालमा नै सस्तो सेवा उपलब्ध भएपछि लाखौं खर्चेर भारत जानुपर्ने बाध्यताबाट बिरामीहरू मुक्त भएका छन् । भारत गएर प्रत्यारोपण गराउँदा १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ ।


तर, गत मंसिरमै प्रत्यारोपण सेवा सुरु गरेको वीर अस्पतालले भने हालसम्म ११ जनाको मात्र प्रत्यारोपण गरेको छ । ११ जनामध्ये नौजनाको निःशुल्क प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । दुईजनासँग भने जनही एक लाखका दरले शुल्क लिइएको वीर अस्पताल नेफ्रो


लोजी विभागप्रमुख डा. राजेन्द्र अग्रवालले जानकारी दिए ।


वीर अस्पतालले पनि सातामा एकजनालाई प्रत्यारोपण सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । तर, बिरामी नगएकाले दुई सातामा एकजनाको मात्र प्रत्यारोपण भइरहेको उनले जानकारी दिए । 'हामीकहाँ प्रत्यारोपण गराउने बिरामी नै छैनन्, सातामा एउटाको ट्रान्सप्लान्ट गरिने भने पनि दुई सातामा एकजना पनि हुन सकेको छैन,' अग्रवालले भने ।

शिक्षण अस्पतालमा एक्सरे छैन

इँटा र ढुंगाले मेसिन थिचेर आकस्मिक सेवा

मेसिनहरू बिगि्रएपछि शिक्षण अस्पताल महाराजगन्जमा रेडियोलोजी विभागका सम्पूर्ण सेवा बन्द भएका छन् । अस्पताल रेडियोलोजी विभागका सिटी स्क्यान, जनरल एक्सरे, मिर्गौलाको पत्थरी परीक्षण गर्ने इन्ट्रभेनस पिलोग्राम मेसिन, ब्रेस्ट क्यान्सर परीक्षण गर्ने मेमोग्राफी मेसिन र एमआरआई मेसिन बिगि्रएर थन्किएका छन् ।

बिरामीको अत्यधिक चाप हुने सो अस्पतालमा सम्पूर्ण एक्सरे सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालबाहिर एक्सरे गराउनुपर्दा तीन/चार गुना महँगो शुल्क तिर्न बिरामी बाध्य भएका छन् । 'मेसिन बिगि्रएकाले एम्बुलेन्स चढेर आएका बिरामीलाई समेत बाहिर पठाउनुपर्ने बाध्यता छ,' अस्पताल रेडियोलोजी विभागका एक कर्मचारीले भने ।

अस्पतालको जनरल एक्सरे १५ दिनदेखि बन्द छ । त्यस्तै मिर्गौलाको पत्थरी परीक्षण गर्ने इन्ट्रभेनस पिलोग्राम मेसिन बिगि्रएको चार महिना भइसकेको छ । सिटी-स्क्यान मेसिन बिगि्रएको पनि दुई साता भएको छ । ब्रेस्ट क्यान्सर परीक्षण गर्ने मेमोग्राफी मेसिनले काम नगरेको दुई साता भएको छ भने एमआरआई मेसिन चार वर्षदेखि सञ्चालन बन्द भएको छ ।

सबै अटोमेटिक एक्सरे मेसिन बिगि्रएपछि पुराना हातले चलाउने मेसिनबाट आकस्मिक कक्ष र वार्डका बिरामीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको छ । स्टोरमा थन्क्याइएको मेसिन फिटिङसमेत नगरी इँटा र ढुंगाले थिचेर आकस्मिक कक्षको एक्सरे गर्ने गरिएको रेडियोलोजी विभागका कर्मचारीले बताएका छन् । 'अटोमेटिक मेसिन मेन्टिनेन्समा पठाएकाले ढुंगा र इँटाले थिचेर म्यानुअल चलाइरहेका छौं,' ती कर्मचारीले नयाँ पत्रिकासँग भने ।

शिक्षण अस्पतालमा मात्र दैनिक ६ सयभन्दा बढी बिरामीले एक्सरे सेवा लिने गरेको रेडियोलोजी विभागले जनाएको छ । तर, मेसिन बिगि्रएपछि आकस्मिक कक्षका र वार्डका गरी दैनिक २०/३० जनाले मात्र सेवा पाइरहेको सो विभागका एक कर्मचारीले बताए ।

बेलायत पढ्न जाँदा आईएलटिएस गर्न नपर्ने


उच्चशिक्षा अध्ययन गर्न बेलायत जाने विद्यार्थीहरुले अब आईएलटिएस (अङ्ग्रेजी भाषाको कोर्स) नगरे पनि हुने भएको छ । यसअघि आइएलटिएस परीक्षा उत्तीर्ण गर्नु अनिबार्य थियो ।

विश्वमा आएको आर्थिक मन्दीसँगै बेलायती विश्वविद्यालयमा विदेशी विद्यार्थीको संख्या ह्वात्तै घटेपछि त्यहाँको सरकारले ल्याएको नीतिले नेपाली विद्यार्थीलाई आईएलटिएस गर्नैपर्ने वात्तयताबाट मुक्ति दिलाएको हो । यो नीतिले उच्चशिक्षाका लागि बेलायत जाँदा पूरा गर्नुपर्ने प्रक्रियालाई थप सरल बनाएको छ ।

अब बेलायत पढ्न जाँदा परिचयपत्रको प्रतिलिपि भए पुग्छ । नयाँ नीति लागू हुनुअघि तीनपुस्ते प्रमाण पेस गर्नुपर्थ्यो ।

यो नीतिले बेलायती विश्वविद्यालयमा भर्नाका लागि आवेदन गर्दा २५ लाख रुपैयाँको बैंक ब्यालेन्स देखाृउनुपर्ने बाध्यता पनि अन्त्य गरेको छ । अब १० लाखको बैंक ब्यालेन्स देखाए पुग्छ।

Friday, June 26, 2009

माओवादी पोलिटव्युरो बैठकले प्रचण्डकै प्रस्ताव पारित गर्ने????????

माओवादी पोलिटव्युरो बैठकले प्रचण्डकै प्रस्ताव पारित गर्ने

१२ असार, काठमाडौं । राजधानीमा जारी एकीकृत नेकपा माओवादीको पोलिटव्युरो बैठकले अन्ततः माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार गठन गरी जनसंविधान निर्माण गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गर्ने भएको छ । बैठकको सुरुवातमा किरण पक्षधरहरुले समेत अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई समर्थन गरेको र जनमोर्चाबाट माओवादीमा प्रवेश गरेका अधिकांश नेताहरुले पनि प्रचण्डकै प्रस्तावलाई समर्थन गरेपछि प्रचण्डको प्रतिवेदन पारित हुने निश्चित भएको हो ।

बैठकमा संयुक्त क्रान्तिकारी सरकार, राष्ट्रिय सरकार र संयुक्त राष्ट्रिय सरकार भन्ने तीनवटा अबधारणाहरुमाथि बहस जारी छ ।

कोटेश्वरको पेरिस डाँडास्थित माओवादी जनवर्गीय सङ्गठनको कार्यालयमा साढे ११ बजे पछि सुरु आज नवौं दिनको बैठक पनि सोही बिषयमा केन्द्रीत हुने एक नेताले जानकारी दिए ।

किरण पक्षधरहरुले भने अहिले जनविद्रोहको वातावरण बन्दै गएकोले यसलाई सदुपयोग गर्नुपर्ने तर्क राखेका छन् । उनीहरुले राष्ट्रिय सरकारको सट्टा जनविद्रोहलाई कार्यनीति बनाउनुपर्ने नेतृत्वलाई सुझाव दिएका छन् ।

देशको संक्रमणकालीन अवस्था गम्भीर मोडमा पुगेको र क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीचको लडाइँ निणर्ायक विन्दूमा पुगेको बेला माओवादीले राष्ट्रियताको विषयलाई पनि आफ्नो प्रमुख मुद्दा बनाएको छ ।

टिपटप गिरिजाप्रसाद कोइराला

८७ वर्षको उमेरमा पनि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको 'गेटअप' लोभलाग्दो छ । कोइराला आफ्नो निवासमा अक्सिजन लिएर सुतेका छन् भनेर बारम्बार खबर आउँछ, तर जब उनी बाहिर निस्कन्छन्, मुहारमा चमक हुन्छ, खुट्टामा तीव्र चाल ।

कोइरालाका सहयोगी उनको फुर्तीको मुख्य कारण अनुशासित दैनिकी हो भन्छन् । उनीहरूका अनुसार कोइराला बिहान उठेर नियमित आयुर्वेदिक साबुनले नुहाउँछन्, आराम गर्छन्, सन्तुलित खाना खान्छन् । उनी आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्छन्, थोरै तलमाथि परे सचेत गराउन डाक्टरको समूह छँदै छ ।

निकटवर्तीहरूका अनुसार २०६३ सालसम्म कोइराला नियमित रूपमा बियर सेवन गर्थे । तर, 'ब्रोङकाइटिस'ले च्यापेपछि उनले बियर खान छाडेका हुन् । अहिले सबैखाले मदिरा र चुरोट पनि त्यागेका छन् ।
विशेष काम नपरेसम्म उनी बाहिर निस्कँदैनन्, कतिसम्म भने विशेष नठाने पार्टी केन्द्रीय समितिको बैठकमा पनि जाँदैनन् । संविधानसभा चुनावपछि संसद्मा पनि उनी तीनपटक मात्र गएका छन् ।

'सभापतिज्यूको अनुशासित टाइमिङ छ, त्यसैले उहाँलाई स्वस्थ राखेको हो,' कोइरालाका निजी सचिव शेखर थापा भन्छन्, 'त्यसले नै उहाँलाई तन्दुरुस्त र आकर्षक बनाएको छ ।' थापाका अनुसार मीठो-नमिठो जे पाए पनि कोइरालाको खाना तलमाथि हुँदैन । खाना खाने समयमा त उनी कहिल्यै सम्झौता गर्दैनन् ।

कोइरालाको उचाइको अनुपातमा तौल भने कम छ । तर, दुब्लोपनलाई छोपेको छ उनको 'टिपटप' पोसाकले । पहिले पहिले उनी पाइन्ट लगाउँथे । तर, पहिलोपटक प्रधानमन्त्री भएदेखि नै उनी बाहिर हिँड्दा दौरासुरुवाल, कोट, कालो जुत्ता र कालो टोपी लगाउँछन् ।
कांग्रेस सभापति कोइरालाको दौरासुरुवाल डिल्लीबजारमा रहेको रामकृष्णको नेपाली पोसाक टेलर्समा सिलाउने गरिएको छ । नापो लिन रामकृष्ण कोइरालानिवासमै जान्छन् । 'दौरासुरुवाल त अरूको पनि सिउँछु, तर गिरिजाबाबुको चाहिँ म घरमै गएर नापो लिन्छु,' रामकृष्णले नयाँ पत्रिकासित भने । कोइरालाका सहयोगीले ठमेलस्थित क्याप हाउसबाट कालो टोपी किन्ने गरेका छन् ।

नेपाली पोसाक टेलर्सका प्रमुख रामकृष्ण कोइरालाको गोरो र अग्लो अनुहारले पनि उनलाई आकर्षक देखाएको बताउँछन् । उनी भन्छन्, 'अग्लो शरीर र गोरो अनुहारले गर्दा उहाँलाई जे लगाए पनि सुहाउँछ, त्यसमा पनि उहाँ हक्की हुनुहुन्छ । हक्की मान्छेको कुरै बेग्लै ।'
कोइरालासँग अहिले २० जोरभन्दा बढी दौरासुरुवाल छन् । नयाँ-नयाँ जुत्ताको निकै सौखिन कोइरालाका लागि घडीको भने खासै महत्त्व छैन । उनी साधारण घडी लगाउँछन् । तर, जुत्ता भने भारतको प्रख्यात कम्पनी लिबर्टीकै चाहिन्छ ।
बिरामी भएकै वेला पनि उनी बिहान ३ बजे उठ्छन् । उनका सेवकहरू भन्छन्, 'उहाँ ३ बज्न पाँच मिनेट बाँकीदेखि तीन बजेर पाँच मिनेट जाँदासम्ममा ब्युँझनुहुन्छ ।'

बिरामी भएकै वेला पनि बिहान ३ बजे उठेर नियमित आयुर्वेदिक साबुनले नुहाउँछन् ।

०६३ सालसम्म नियमित बियर सेवन गर्थे । तर, 'ब्रोङकाइटिस'ले च्यापेपछि मदिरा र चुरोट पनि त्यागेका छन् ।

बिहान चिया खान उनलाई ४५ मिनेट लाग्छ, शौचालयमा एक घन्टा बिताउँछन् ।

बिहान अलिकति भात र बेलुका पातलो एउटा रोटी, एउटा मिठाई, एक टुक्रा कुखुराको मासु र सुप खान्छन् ।

भोजभतेरमा कहिल्यै खाँदैनन् । ८:४५ मा सुतिसक्छन् । उनको दैनिकी चियाबाट सुरु हुन्छ । ओछ्यान छाडेपछि रात्रिपोसाक परिवर्तन गर्छन् । रात्रिपोसाकमा कमिज र सुरुवाल हुन्छ ।
उनी ओछ्यानमै चिया पिउन रुचाउँछन् । चिया खान उनलाई ४५ मिनेट लाग्छ । यो समयमा उनी कालो दुई र दूध हालेको पाँच कप चिया खान भ्याउँछन् । सिसाको लामो गिलासभरि चिया खाने उनको युवाकालदेखिकै सोख हो जो अहिले पनि कायम छ । चियापत्ति उनी इलामको र रसियन प्रयोग गर्छन् ।

बिहान ३:४५ बजे ओछ्यान छोडेर उनी लाग्छन् शौचालयतिर जहाँ उनी एक घन्टा बिताउँछन् । शौचालयमा लामो समय बिताउने उनको पुरानो बानी हो ।
रोचक पक्ष के भने उनी यो उमेरमा पनि आफैं दाह्री काट्छन् । उनका एक सहयोगीले भने, 'प्रधानमन्त्री रहेकै वेला बिरामी भएर गंगालालमा भर्ना हुँदा दुई दिन दाह्री काट्न सक्नुभएन । नत्र उहाँ सधैं आफैं दाह्री काट्नुहुन्छ ।' कोइराला जिलेट टर्बो रेजर प्रयोग गर्दछन् ।

सभापति कोइरालाको कपाल काट्ने पुरानै हजाम छन् विराटगरमा । उनी गृहनगर विराटनगर पुगेको वेला मात्र कपाल काट्छन् । निजी सचिव थापाले भने, 'सभापतिज्यूको कपाल काट्ने विराटनगरमा एकजना पुरानो ठाकुरदाइ हुनुहुन्छ, उहाँसँग मात्र कपाल काट्ने गर्नुभएको छ ।'
उनलाई दैनिक नुहाउनैपर्छ । त्यो पनि सावरमा होइन, बाल्टीमा पानी थापेर जगले हाल्दै । उनका सहयोगीका अनुसार उनी विदेश गएको वेलासमेत नुहाउन बाल्टी र जग नै खोज्छन् ।

अस्पतालको बेडमा रहेको वेलामा समेत उनलाई नुहाउनैपर्छ । नुहाउन नमिल्ने अवस्थामा उनका सहयोगीले तौलिया भिजाएर जीउ पुछिदिन्छन् । उनी नेपालमा नै बनेको आयुर्वेदिक साबुन प्रयोग गर्दछन् ।
नुहाएपछि ४:४५ बजे दौरासुरुवाल, कोट, टोपीका साथ चिटिक्क परेर उनी आफ्नो कोठाबाट बाहिरिन्छन् । कुनै भेटघाट नभए उनी कुर्थापाइजामा लगाएर बस्छन् । साढे पाँच बजेको समय हो, बिहानी खाजाको । उनको बिहानीको खाजामा दुई पिस पाउरोटीको साथमा एक कोसा केरा, स्याउका केही टुक्रा, एउटा अन्डा, च्यबनप्रास र एक गिलास मत्था खाएपछि उनी अघाउँछन् । अनि लाग्छन् शयनकक्षतिर आराम गर्न ।

उनी ओछ्यानमा आराम गरेरै दैनिक पत्रिकाहरू सुन्छन् । पत्रिका सुनाउने जिम्मा छ उनको स्वकीय सचिव शेखर थापाको । थापाले कोइरालालाई प्रायः सबै दैनिक पत्रिकाको हेडिङ पढेर सुनाउँछन् । कुनै समाचारमा कोइरालाले चाख देखाए भने उनी पूरै पढेर सुनाइदिन्छन् । करिब आधा घन्टा पत्रिका सुन्ने काममा खर्चिन्छन् कोइराला । त्यसअघि कोइराला ६:१५ सम्म क्यासेटबाट आफूलाई मनपर्ने विभिन्न भजन सुन्छन् ।
आँखामा समस्या नआउँदासम्म भजनका किताब र पत्रिकाहरू आफैं पढ्थे उनी । अहिले भने भजन क्यासेटबाट र पत्रिका सहयोगीबाट सुन्छन् ।

६:४५ देखि ७ बजेसम्ममा कोइरालाको राजनीतिक भेटघाट सुरु हुन्छ । यो भेटघाट बढीमा ११ बजेसम्म कायम हुन्छ ।
बिरामी भएको वेलामा समेत नियमित भेटघाट गर्न रुचाउने कोइराला आफूलाई भेट्न को आए को आएनन् भन्ने कुरामा समेत निकै चासो राख्छन् । स्वास्थ्यमा पटक-पटक समस्या देखिएपछि उनलाई डाक्टरहरूले आराम गर्न सल्लाह दिएका छन् तर पनि उनी पार्टीका पदाधिकारीहरूसँगको छलफलमा दुई घन्टा बिताउँछन् ।

साढे ११ देखि १२ बजेसम्मको उनको समय हो खाना खाने । खानामा थोरै भात हुन्छ । उनलाई खानामा रोटी, एक टुक्रा कुखुराको मासु र मिठाई अनिवार्य चाहिन्छ । त्यसमा मिसिन्छ सुप । स्वकीय सचिव थापा भन्छन्, 'प्रायः साधारण खानामै उहाँको रुचि छ ।'
बाहिर कुनै कार्यक्रम नभए कोइराला लाग्छन् पुनः ओछ्यानतिर । उनी खाना खाएपछि प्रायः डेढ घन्टा सुत्छन् ।

मध्याह्न २ बजे http://www.nayapatrika.com/ADMIN/photo_dir/c26jun09_.gif उठ्छन् । काम भए विदेशीलाई भेट्छन्, नभए स्वदेशीलाई । ५ देखि ६ बजेसम्म पारिवारिक भेटघाटमा व्यस्त हुन्छन् उनी । पारिवारिक भेटघाटमा छोरी सुजाता नै हुन्छिन् आजभोलि । उनी कुनै कार्यक्रममा सहभागी भए पनि साढे ६ बजे आफ्नो निवासमा फर्किसक्छन् । साढे ६ बजे दिउँसोको कपडा फेर्छन् र रात्रिपोसाक लगाउँछन् । उनी कोठामा छिर्छन् र लाग्छन् टेलिभिजन हेर्न । उनी टेलिभिजनको च्यानल घुमाइघुमाई आफैं हेर्छन् ।

उनी बेलुकाको समय प्रायः एक्लै हुन्छन् । बेलुकाको खाना उनी आफ्नै कोठामा खान्छन् । खाना खाने समय हो सवा आठदेखि साढे आठ । बेलुका सानो र पातलो एउटा रोटी, एउटा गुलियो मिठाई, एक टुक्रा कुखुराको मासु र सुप खान्छन् । अत्यन्त कम खाना खाने कोइराला बढी मात्रामा सुप रुचाउँछन् । कोइराला वेलावेला परेवाको मासु खान पनि रुचि राख्छन् ।

कोइराला पारिवारिक जमघटमा त सहभागी हुन्छन् नै पार्टीका नेता तथा कार्यकर्ताको विवाह, व्रतबन्धमा समयले भ्याएसम्म पुगेकै हुन्छन् । तर, उनी सार्वजनिक समारोह र भोजभतेरमा खाना कहिल्यै पनि खाँदैनन् । ८:४५ मा कोइराला सुतिसक्छन् ।
धर्मकर्ममा विश्वास राख्दैनन् कोइराला । त्यसैले उनको दैनिकीमा कहिल्यै मन्दिर जाने समय पर्दैन । जन्मदिनसमेत मनाउँदैनन् उनी । दसैं-तिहारसमेत सामान्य रूपमा मनाउँछन् ।

Monday, January 12, 2009

भयावह लोडसेडिङको जिम्मेवार को ?

भयावह लोडसेडिङ के कारणले भयो भन्नेमा आ- आफ्ना पाराका टीकाटिप्पणी र जवाफ आइरहेका छन् । सरकार भन्छ- 'यो अघिल्ला सरकारहरूको अकर्मण्यले भएको हो ।' प्राविधिक भन्छन्- 'सरकारी हस्तक्षेपका कारण ।' निजी क्षेत्रको टिप्पणी हुन्छ- 'नेपाल विद्युत् प्राधिकरणको पैसा खाने कर्मचारीतन्त्रका कारण ।'
मुख्य कारण जलस्रोतजस्तो क्षेत्रमा न विगतका सरकारले इमानदारपूर्वक ध्यान दिएका थिए न यतिबेला सत्तासीन दलहरूले ध्यान दिने कोसिस गरेका छन् । यो भयावह स्थिति आउनुमा को-को, कति दोषी हुन् तिनको पहिचान गरी तिनलाई समाजमा उभ्याई नंग्याउनुको साटो नयाँ नेपाल बनाउने सरकारले पनि पुरानै ढर्रामा हिँड्नुभन्दा बढी केही गरेको पाइएन । २०० मेगावाटको थर्मलप्लान्ट राख्ने सोच आर्थिक रूपले उपयुक्त कदापि होइन । भएकै जलस्रोतलाई सकेसम्म कसरी चाँडो उपयोग गर्ने भन्ने सोचतर्फ नलागेर असम्भाव्य थर्मलप्लान्टमा समय बिताउनु समस्याप्रति गम्भीर नहुनु हो । यो सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य घोषणा त गरेको छ तर पानीबाट विद्युत् उत्पादन गर्ने कार्य आलुखेती गरेजस्तो होइन । विद्युत् उत्पादन माघमा आलु रोप्यो, वैशाख-जेठमा खन्नेजस्तो गर्नु पटक्कै होइन ।

विद्युत्को दीर्घकालीन विकासका लागि दीर्घकालीन सोच आवश्यक हुन्छ । दीर्घकालीन माग के हो ? त्यसका लागि दीर्घकालीन योजनाहरू के-के हुन् ? भनी छनोट नगरी घोषणाका भरमा जलविद्युत्को विकास कदापि हुँदैन । दीर्घकालीन सोचका लागि संस्थागत एवं नीतिगत व्यवस्था पनि दीर्घकालीन हुनुपर्छ । नेपालमा सबैखाले वर्गले दोष दिइरहेको विषय भने जलविद्युत् विकासमा दीर्घकालीन सोच कहिल्यै राखिएन भन्ने हो । प्राधिकरणले दीर्घकालीन योजना निर्माण नगरेको पनि होइन र आजको स्थिति आउनुमा त्यहाँ रहेका सबै प्राविधिकहरू दोषी पनि होइनन् ।

२०५१ मा एमाले सरकारले ४०२ मेगावाटको अरुण तेस्रो आयोजना विश्व बैंकलाई खारेज गर्न लगाएपछि विद्युत्सँग संलग्न सबैजना आजकै जस्तो भयावह स्थिति आउने देखेर विभिन्न उपायहरूको खोजीमा लागे । प्राधिकरणका इन्जिनियरहरूले ३६ मेगावाटको भोटेकोसी, २० मेगावाटको चिलिमे, १४ दशमलव ८ मेगावाटको मोदीखोला, ६ दशमलव २ मेगावाटको पुवाखोलाजस्ता आयोजनाको सम्भावना पत्ता लगाए । भोटेकोसी प्राधिकरणबाट खोसी निजी क्षेत्रलाई

दिइयो भने चिलिमे पनि निजी क्षेत्रलाई दिन ठूलो प्रयास गरिएको थियो ।

चिलिमे आयोजना आयोजनाका

प्रमुखको इमानदारिताका कारण मात्र

बच्न सकेको हो ।

२०५६ मा प्राधिकरणसँग झन्डै ३०० मेगावाटको विद्युत् उपलब्ध थियो भने त्यो समयमा उच्चतम माग ३५४ मेगावाट थियो । सन् २००० र २००१ मा निर्माण पूरा हुने गरी निजी क्षेत्रको ३६ मेगावाटको भोटेकोसी, १४४ मेगावाटको कालीगण्डकी ए र मोदीखोला, पुवाखोलाको २१ मेगावाट निर्माणाधीन अवस्थामा थिए । यसै बखत सरकार मुलुकमा सम्भावित आयोजना निजी क्षेत्रबाट विकास गर्न प्रस्ताव आह्वान गर्ने योजनामा पुग्यो । निजी क्षेत्रलाई प्रस्ताव आह्वान गर्नुभन्दा अघि नेविप्रालाई उपयुक्त हुने र सबैभन्दा

सस्तो खालका आयोजना छान्न

प्राथमिकता दिइयो ।

त्यसबखत एउटा सानो-सानो दीर्घकालीन अवधारणा नेविप्राका वरिष्ठ इन्जिनियरहरूको राय-सल्लाहमा बनाइएको थियो । स्थिति भने सन् २००० र २००१ मा विद्युत्को उच्च माग ४६३ मेगावाट हुने थियो भने निर्माणाधीन आयोजना समयमै सम्पन्न भए ५०१ मेगावाट विद्युत् आपूर्ति हुन सक्थ्यो ।

सन् २००४ मा मध्य-मस्र्याङ्दी

निर्माण सम्पन्न हुने गरी कार्य सुरु

गर्दा माग ५९९ मेगावाट र आपूर्ति

५७१ मेगावाट हुने थियो । अपुग विद्युत्

२० मेगावाटको चिलिमे र ३०

मेगावाटको चमेलिया सम्पन्न गर्न सक्ने अवस्थामा थियो ।

अब अर्को १२ र १५ वर्ष लोडसेडिङ गर्नुपर्ने स्थिति आउन नदिन २ वटा ३०० र ४०० मेगावाटका आयोजनाहरू सन् २००७/०८ र सन् २०११/१२ मा नेविप्राले आफ्नो प्रणालीमा ल्याउनुपथ्र्यो । यसका लागि माथिल्लो कणर्ाली र माथिल्लो तामाकोसी सबैभन्दा उपयुक्त आयोजना प्राधिकरणका इन्जिनियरहरूले ठहर्‍याए । यसकै परिणामस्वरूप २०५६ सालमा सरकारले निजी क्षेत्रबाट प्रस्ताव आह्वान गरेका २२ वटा आयोजनाहरूमध्ये यी दुई आयोजना तिनमा परेनन् । आज आउँदा यो सोचअनुरूप सन् २००७ र २००८ मा माथिल्लो कणर्ाली वा माथिल्लो तामाकोसीमध्ये एउटा र सन् २०११ र २०१२ मा अर्को आयोजना सम्पन्न गर्न सकेको भए सन् २०१२ सम्ममा अनुमानित माग १२६५ मेगावाट र विद्युत् आपूर्ति १२७७ मेगावाट हुने थियो ।

अब प्रश्न उठ्छ यो सोचलाई कसले तोड्यो ? कसले बिगार्‍यो ? सबैभन्दा पहिला राजाको अप्रत्यक्ष शासनका बेला २०६० मा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले माथिल्लो कणर्ाली भारतको नेसनल हाइड्रोपावर कम्पनीलाई बिनाटेन्डर, बिनाप्रतिस्पर्धा सुम्पिदिए । यो कार्यको कतै कसैबाट कुनै विरोध आएन । फिटिक्क सानो कुरामा पनि विरोधस्वरूप केन्द्रीय कार्यालयमा कालो झन्डा गाड्ने नेविप्राभित्रका कर्मचारी संघ-संगठनहरूले पनि चुँसम्म गरेनन् ।

सन् २००४ मा सम्पन्न हुनुपर्ने मध्य-मस्याङ्दी आयोजना सन् २००९ मा आइपुग्दासमेत सम्पन्न नहुँदा को कति जिम्मेवार भन्ने कुराको लेखाजोखा कसले गर्ने ? माथिल्लो तामाकोसीलाई त सकेसम्म निजी क्षेत्रलाई दिन नीति निर्माताहरू हात धोएरै लागे । स्थानीय जनताको अदम्य दबाब नपरेको भए यो आयोजना कुनै एउटा विदेशी कम्पनीले हडपिसक्ने थियो । आयोजना त बच्यो तर यसको विकासका लागि सरकारको कुनै उत्साह देखिएन । यो आयोजना विदेशी दाता वा बहुराष्ट्रिय संस्था -विश्व बैंक) ले अगाडि बढाएको होइन । यो विदेशीले सम्भाव्यता अध्ययन गरी सुरुमै लागत बढाएको आयोजना होइन । यसको विकासका लागि मध्य-मस्र्याङ्दीजस्तो समय बढाउँदै, भाउ बढाउँदै कमिसन बढी आउने होइन । एकातर्फ स्थानीयहरूको सक्रिय संलग्नता रहेको छ भने अर्कोतर्फ स्वदेशी वित्तीय संस्थाहरूले यसमा लगानी गर्ने भएका छन् । यी दुइटा कारणले गर्दा यो आयोजनाको अन्धाधुन्ध लागत बढाउन पनि सकिँदैन र कमिसन पनि प्राप्त हुँदैन । यसैले यत्रो विद्युत् संकटको बेलामा पनि माथिल्लो तामाकोसी छिटो निर्माणका लागि सरकारले कुनै तदारुकता देखाएको छैन । यो अनौठो पनि होइन ।

३०० देखि ४०० मेगावाट सम्मको जलविद्युत् आयोजना भनेको चाहे निजी क्षेत्रले विकास गरोस् वा सरकारले, यो एउटा दीर्घकालीन लगानी हो । उपयुक्त आयोजनाको साइट पत्ता लगाउनेदेखि निर्माण सम्पन्न गर्दासम्म केही नभए पनि घटीमा १० वर्ष लाग्न सक्छ । सबैभन्दा चाँडो सम्पन्न गर्न सक्ने आयोजना भनेको माथिल्लो तामाकोसी हो । सरकारमा रहनेहरू इमानदार भए र युद्धस्तरमा जुटे भने यो आयोजना ३ देखि ४ वर्षभित्र पूरा गर्न सकिन्छ । माथिल्लो कणर्ाली पनि यस्तै स्थितिमा छ । भारतको निजी क्षेत्रलाई निर्माण गर्न दिइए तापनि सरकारले उसलाई ३ या ४ वर्षभित्र निर्माण सम्पन्न गर्न यथेष्ट दबाब दिन सक्छ । समयमा निर्माण सम्पन्न नगरे हर्जाना तिर्नुपर्ने अथवा आयोजना सरकारले आफ्नो हातमा लिन सक्ने प्रावधान त आयोजना निजी क्षेत्रलाई सम्पन्न गर्न दिँदा सम्झौतामा राख्ने अन्तर्राष्ट्रिय प्रचलन हो ।

यस्तो सर्त नराखी भारतीय निजी क्षेत्रलाई दिइएको होला भनेर सोच्न सकिन्न । राखिएको भए यो सर्त दबाबका लागि पर्याप्त हुन्छ । यस्तो दबाब काम नलाग्ने भए सरकारले माथिल्लो कणर्ालीको इजाजत आफैंले फिर्ता लिई माथिल्लो तामाकोसीसरह युद्धस्तरमा जुटे यो आयोजना पनि ४ देखि ५ वर्षभित्र सम्पन्न गर्न सकिन्छ । यी २ वटाको विकल्प अरू कुनै छँदै छैन र विकल्प खोज्ने नाममा थर्मलप्लान्ट, १० वर्षमा १० हजार मेगावाट जस्ता नाराहरूले देशको अँध्यारो हट्ने होइन अझ बढेर जानेछ । यसरी यी आयोजना सम्पन्न गर्न सरकारले तदारुकताका साथ काम गर्ने हो भने पनि आगामी ५ देखि ६ वर्षसम्म नेपालीहरूले अहिलेको अँध्यारोबाट मुक्ति पाउने छैनन् ।

लेखक, पूर्वसचिव तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।

Thanks for Kantipur

Friday, January 9, 2009

Dhading district

Dhading district, a part of Bagmati zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Dhading besi as its district headquarters, covers an area of 1,926 km² and has a population (2001) of 338,658. The mountain range "Ganesh" is the predominate mountain range located within Dhading. All of the peaks are over 7,000 meters with some approaching 8,000. The 8,000+ meter mountain "Manaslu" is clearly visible from much of Dhading, although it is located within the bounds of Gorkha. The transnational "King Prithivi Highway" connecting Kathmandu and Pokhara runs through the southarn portion of the district making for easy access too the Kathmandu valley. The road parallels the "Trishuli" River.

The famous temple "Manakamana" is located near Dhading. Once only accessible by foot, the temple can be reached by hitching an eye-catching gondola ride for a few American dollars. It was built with Swiss help.

Dhading is 80% farmland and 20% forest; unfortunately most of the protected forest is located near or next to the road which doesn't make for great trekking. But, the western border with Gorkha is bisected by the "Budi Gandadi" river and this river valley is a great entrance to the Himals of Gorkha (with views of the Ganesh range), not to mention one of the prettier rivers of Nepal. The towns of Salyantar and Arughat should get you pointing in the right direction.

The people of the district are primarily Bhramin and Chetri in the south and Tamang and Gurung in the north, with much of the center Newari. The famous King Prithivi Naryan Shah/Gurkha route crosses through Dhading.

Ram Kumar Shrestha
Dubai U.A.E.

Thursday, January 8, 2009

युवा नेता तथा सभासद


प्रख्यात चिन्तक पाउलो फ्रेरीको एउटा भनाइ छ, 'सपनाबिना परिवर्तन सम्भव छैन अनि आशा र विश्वासबिना सपनाको कुनै अर्थ हुँदैन ।' जनआन्दोलनको सफलतासँगै प्रत्येक नागरिकमा एउटा ठोस विश्वास थियो अब नेपालमा परिवर्तन हुन्छ, एउटा सकारात्मक परिवर्तन ।

संविधानसभा निर्वाचनसम्म आइपुग्दा यस्तो विश्वास थिलथिलो भइसकेको थियो तर चुनावको सफलतासँगै एकपटक फेरि आमजनतामा परिवर्तनप्रतिको विश्वास वृद्धि भयो तर तीतो सत्य हो, नेपालमा सकारात्मक परिवर्तन हुन्छ भन्ने विश्वास अहिले आएर पूरै डगमगाएको छ, राष्ट्रिय आत्मविश्वास स्खलित भएको छ । यसका अनेक कारण छन् । आम दैनिकी अविश्वासनीय ढंगबाट कष्टकर बन्न पुगेको छ ।

'लोडसेडिङ' ले आमजीवनमा बहुआयामिक प्रभाव पारेको छ । नागरिकका गोजीले महँगी थेग्न नसक्ने भएको छ । शैक्षिक क्षेत्र होस् या स्वास्थ्य, उद्योग होस् या व्यवसाय, कृषि होस् या मजदुरी प्रत्येक क्षेत्रमा नयाँनयाँ समस्याको चाङ बढेकोबढ्यै छ । सडक अनुशासनहीनता र अराजकताको अभिव्यक्ति दिने थलो बन्न पुगेको छ । तराईमा मृत्यु सस्तो हुन थालेको छ ।

पू्र्वी पहाडमा अराजकताले सीमा नाघिसकेको छ। विकास निर्माण ठप्प छ, वस्तु र सेवाको पूर्ति तथा यसको आवश्यक नियमन लथालिंग छ। अर्कोतर्फ सरकारमा सहभागी दलहरूकै बीचमा व्यक्तिको बाहुबलका आधारमा चल्ने संगठनहरूलाई विस्तार गर्ने प्रतिस्पर्धा चलेको छ। यसको प्रतिस्पर्धामा नागरिकले आफूलाई झन् असुरक्षित र प्रहरीले आफूलाई झन् निरीह अनुभूत गरिरहेका छन्।

नागरिकको जनजीविकाका सवालमा यस्तो एउटा विषय छैन जहाँ उसले सन्तोष मान्न सकोस्। सरकार सञ्चालकहरू आफै‌‌ जनअपेक्षालाई न्यूनतम सम्बोधन पनि गर्न नसकेको स्वीकार गरिरहेका छन्। यति नै कारणले मात्र परिवर्तनप्रति नागरिकको विश्वास डगमगाएको होइन। अहिले समाजमा जुन हलचल, तानातानी, ठेलमठेल र क्षुब्ध वातावरण विद्यमान छ, जस्तो अराजकता र असहिष्णुता हाबी छ, दैनिक जीवन जसरी कष्टप्रद बन्न पुगेको छ, एउटा विराट परिवर्तनको मूल्यमा कठोर भएर पनि यस्तो विपत सहन नागरिक तयार भएकै हुन्, अझै पनि तयार छन् तर यस्तो विराट परिवर्तनको जिम्मेवारी लिएका राजनीतिक दलहरू र नेतृत्वप्रतिको भरोसा द्रुत गतिमा टुट्दै गएकाले परिवर्तन सम्भव छ भन्ने विश्वास खल्बलिन थालेको हो ।

दलहरूबीच देखिएका कटुताले गर्दा नयाँ संविधान लेखेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सामथ्र्य यी दल र दलका नेतृत्वमा छैन भन्ने विचार धेरैका मनमा उठ्न थालेको छ। आज त शंकामात्र उत्पन्न भएको हो जुन दिन नागरिक यस्तो निष्कर्षमा पुग्छन् त्यस दिन स्खलित हुन थालेको राष्ट्रिय आत्मविश्वास लोपसमेत हुनसक्छ। यसो हुनुको अर्थ फेरि एकपटक नेपाल दशकौं पछाडि धकेलिनु हो।

एउटा अनपेक्षित र कहालीलाग्दो युद्धको भुँमरीमा फस्नु हो। आजको आवश्यकता भनेको नागरिकको विश्वासमा गइरहेको पहिरोलाई रोक्नु हो। राजनीतिक दल र नेतृत्वले एकपटक आत्ममूल्यांकन र आत्मशुद्धीकरण गर्दै नयाँ उचाइबाट साझा प्रयत्न गर्ने हो भने मात्रै परिवर्तनप्रति जनताको विश्वास कायम राख्न सकिन्छ। यसका निम्ति एकपटक फेरि १२ बुँदे समझदारीदेखि यहाँसम्मको यात्राको बेग्लाबेग्लै र सामूहिक समीक्षा गर्नु अनिवार्य छ। १२ बँदे समझदारीमा प्रवेशको अर्थ थियो सम्झौताको राजनीतिमा प्रवेश।

त्यसको अर्थ थियो न कसैको विजय न कसैको पराजय। १२ बुँदे समझदारीदेखि यहाँसम्म आइपुग्दा धेरै विषय निरूपण भइसकेका छन्। आआफ्नो राजनीतिक आग्रह र रहरभन्दा माथि उठेर हेर्ने हो भने अब अगाडि कसरी बढ्ने भनेर पनि करिबकरिब निश्चित भइसकेको सहजै देख्न सकिन्छ। अगाडिको बाटो स्पष्ट छ । २०६७ जेठ १४ भित्र संविधानलेखनको कार्य सम्पादन गर्ने।

लोकतन्त्रका आधारभूत मूल्यमान्यता वैयक्तिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धामा आधारित शासन प्रणाली, आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता, विचारको बहुलता, कानुनको दायराभित्र रहेर राजनीतिक संगठनको अधिकारको सुनिश्चितता आदिलाई यो संविधानले सुनिश्चित गर्ने छ। अब नेपाल स्वायत्त प्रदेशहरूको संघात्मक राज्य हुनेमा पनि हामी सहमत भइसकेका छौं । नेपाललाई कतिवटा स्वायत्त प्रदेशमा कसरी विभाजन गर्ने विषयलाई संविधानसभाले सहमतिका आधारमा टुंगो लगाउने पनि स्पष्ट छ।

एक दशकभन्दा लामो हिंसात्मक विद्रोहमा प्रत्यक्षपरोक्ष रूपमा पीडा भोग्नेलाई राज्यले विशेष व्यवस्था गर्ने, माओवादी लडाकुहरूको समायोजन र पुनस्र्थापना गर्ने, माओवादीद्वारा विस्थापितहरूको न्यायपूर्ण पुनस्र्थापना गर्ने आदि सबै विषयमा हामी सहमत भइसकेका छौं । केही विषय छन्, जस्तो प्रदेशहरूको निर्माण, राज्यको राजनीतिक ढाँचा, निर्वाचन प्रणाली आदि विषयमा छलफल गरेर संविधानसभाले टुंग्याउने छ।

आखिर हाम्रो विमति केमा हो ? यी सबै समझदारीलाई संस्थागत गर्दै, नयाँ संविधान लेख्ने कार्यमा केन्दि्रत हुनुको सट्टा किन हामी अल्मलिरहेका छौं ? विगतका समझदारी शोभाका निम्ति होइनन्। एकपटक फेरि यी सबै समझदारीलाई एकीकृत गरेर, हाम्रो सम्बन्धलाई नवीकरण गर्दै नयाँ विश्वाससाथ अघि बढ्नु अहिलेको आवश्यकता हो तर यसका निम्ति सत्तारूढ दल भएकाले माओवादीको पहल र अग्रसरताको खाँचो छ तर माओवादी अलमलमा देखिन्छ।

के माओवादी अझै जनयुद्ध जित्ने विद्रोहको एकोहोरो यात्रामा अकष्टक गतिमान् छ ? हैन भने यस्तो अलमल किन ? के विगतका समझदारी माओवादीसमेतको सहभागितामा गरिएका होइनन् ? के यी समझदारीलाई संस्थागत गर्ने नयाँ संविधानको जगमा ठडिने गणतन्त्र जनताको गणतन्त्र हुँदैन ? हुन्छ भने जनगणतन्त्रको डङ्कापिटान आखिर केका निम्ति ? अनि के यो संविधान लेख्ने कामका लागि संविधानसभाका सहयात्री दलको विश्वास जित्ने प्रयत्न माओवादीले गर्नु पर्दैन ? सहयात्री दलहरूलाई पिटेर तर्साउने कि ठूलो दलको जिम्मेवारी पूरा गर्दै असहमतिलाई सम्बोधन गर्ने प्रयास गर्ने ? सबैलाई आश्वस्त पार्दै अघि बढ्ने कि मुठभेडतर्फ उद्यत हुने ?

माओवादीले बुझ्नैपर्छ संविधानसभाबाट नयाँ संविधान लेख्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने हो भने आवश्यकता छ तर्क, उदारता, क्षमाशीलता, विनम्रता, लचकता, इमानदारिता र लोकतान्त्रिक प्रतिबद्धताअनुरूपको आचरण। होइन अहिलेसम्मका समझदारी केवल शोभाका निम्तिमात्रै थिए र संविधानसभालाई कुल्चेर नयाँ राजमार्ग हुँदै अघि बढ्ने माओवादी सोच हो भने यस्तो आग्रहको कुनै अर्थ छैन किनभने त्यसबेला तर्कभन्दा बाहुबल नै बढी प्रभावकारी हुने छ। १२ बुँदे समझदारीदेखि यहाँसम्मको यात्राको एउटा मुख्य पात्र माओवादी भएकाले अब अगाडिको यात्रा कसरी तय गर्ने निधो पनि मुख्य रूपमा उसकै भूमिकाले निर्धारित गर्ने छ।

नेपाली कांग्रेस र एमाले लगायतका दलहरूले बुझ्न अनिवार्य छ माओवादीलाई हिजो गरिएका समझदारीको घेराभित्र बाँधेर राख्नुपर्छ तर फगत आलोचनाबाट मात्र यो सम्भव छैन । यो शान्ति प्रक्रिया डुब्दै गर्दा माओवादीमात्र डुब्दैन, हामी पनि सँगै डुब्छौं । के हाम्रो ध्यान सम्पूर्ण रूपमा संविधान लेख्ने कार्यतर्फ केन्दि्रत छ ? के हामी शान्ति प्रक्रियालाई केन्द्रमा राखिरहेका छौं ? १२ बुँदे समझदारी गर्दा कांग्रेस र एमालेले जनतालाई आश्वस्त पारेका थिए, माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै, नयाँ संविधान लेख्ने बाटोबाट नेपाललाई शान्ति र समृद्धिको गन्तव्यमा पुर्‍याउने छौं ।

जनतालाई दिएको त्यो आश्वासनप्रति हामी निरन्तर इमानदार भइरहनैपर्छ। एकपटक फेरि सबैले अत्मसमीक्षा गरौं। अहिलेको आवश्यकता हो आआफ्नो जिम्मेवारी निर्वाह गर्दै आफ्नो विजयभित्र सबैको विजय होइन, सबैको विजयभित्र आफ्नो विजय खोज्ने प्रयास गरौं। यस्तो प्रयत्नमात्र प्रारम्भ गर्ने हो भने फेरि एकपटक नेपालले गणतन्त्र थेग्न सक्दैन भनेर षड्यन्त्र थालेकाहरूले कुलेलम ठोक्ने छन्। राजनीतिक खोल ओढेर आएका आपराधिक समूहहरूको पतन अनिवार्य बन्ने छ। स्वायत्तताका माग सडकबाट खोसिएर संविधानसभाको चौघेरामा पुग्ने छ अनि फेरि एकपटक नेपालीहरूको मनमा विश्वास पलाउने छ कि परिवर्तन सम्भव छ। यो विश्वासलाई संगठित गरेर हामी परिवर्तनको सपनालाई साकार बनाउन सक्ने छौं । अन्यथा हाम्रो दम्भ, अहंकार, हठ र रोमाञ्चकताको प्रभावमा हाम्रो शान्ति प्रक्रिया मृत्युशय्यामा पुग्ने छ र हामी आफ्नै सपनाको मलामी जान बाध्य हुने छौं ।

लेखक कांग्रेसका चर्चित युवा नेता एवं सभासद हुन् ।