Friday, June 26, 2009

माओवादी पोलिटव्युरो बैठकले प्रचण्डकै प्रस्ताव पारित गर्ने????????

माओवादी पोलिटव्युरो बैठकले प्रचण्डकै प्रस्ताव पारित गर्ने

१२ असार, काठमाडौं । राजधानीमा जारी एकीकृत नेकपा माओवादीको पोलिटव्युरो बैठकले अन्ततः माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार गठन गरी जनसंविधान निर्माण गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गर्ने भएको छ । बैठकको सुरुवातमा किरण पक्षधरहरुले समेत अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई समर्थन गरेको र जनमोर्चाबाट माओवादीमा प्रवेश गरेका अधिकांश नेताहरुले पनि प्रचण्डकै प्रस्तावलाई समर्थन गरेपछि प्रचण्डको प्रतिवेदन पारित हुने निश्चित भएको हो ।

बैठकमा संयुक्त क्रान्तिकारी सरकार, राष्ट्रिय सरकार र संयुक्त राष्ट्रिय सरकार भन्ने तीनवटा अबधारणाहरुमाथि बहस जारी छ ।

कोटेश्वरको पेरिस डाँडास्थित माओवादी जनवर्गीय सङ्गठनको कार्यालयमा साढे ११ बजे पछि सुरु आज नवौं दिनको बैठक पनि सोही बिषयमा केन्द्रीत हुने एक नेताले जानकारी दिए ।

किरण पक्षधरहरुले भने अहिले जनविद्रोहको वातावरण बन्दै गएकोले यसलाई सदुपयोग गर्नुपर्ने तर्क राखेका छन् । उनीहरुले राष्ट्रिय सरकारको सट्टा जनविद्रोहलाई कार्यनीति बनाउनुपर्ने नेतृत्वलाई सुझाव दिएका छन् ।

देशको संक्रमणकालीन अवस्था गम्भीर मोडमा पुगेको र क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीचको लडाइँ निणर्ायक विन्दूमा पुगेको बेला माओवादीले राष्ट्रियताको विषयलाई पनि आफ्नो प्रमुख मुद्दा बनाएको छ ।

No comments: