Saturday, September 26, 2009

दशैंमा दिइने आशीष

पुरुषहरुलाई टीका लगाउँदा पढिने मन्त्र

‘आयु द्रोणसुतेः श्रेयं दशरथे शत्रुक्षयं राधवे ।

ऐश्वर्यं नहुसे गतिश्च्व पवने मानं च दुर्योधने ।।

सौर्यम् शान्त मने वलं हलधरे सत्यम् चः कुन्ति सुते ।

सत्ज्ञानम् विदुरे भवन्तु भवनाम् कृतिश्च्वः नारायणे ।’

कसैले यो मन्त्रलाई अलि फरक ढंगबाट पनि पढ्ने गरेको पाइन्छ-

आयुद्रोण सुते श्रेयं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्य नहुशे गतिश्च पवने मानं च दुर्योधने ।।

दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते ।

विज्ञाने (सज्ञाने) विधुरे भवन्तु भवतां कृतिश्च नारायणे ।।

-अर्थ- द्रोणको छोरा अश्वश्थामा को जस्तै लामो आयु होओस् । दशरथको जस्तै श्रेय -जश) पाइयोस् । रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सकियोस् । नहुस राजाको जस्तै ऐश्वर्य र सम्पत्ति होओस्, पवनको जस्तो गति होओस्, दुर्योधनको जस्तो मान-मर्यादा कमाइयोस् । सूर्यका छोरा कर्णजस्तो दानी हुनु, हलोधारी बलरामजस्तै बलवान् हुनु, कुन्तीको छोरा (युधिष्ठिर )ले जस्तै सत्य बोल्नु । विधुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको हुनु, भगवान नारायण (विष्णु) को जस्तै र्कीति हासिल गर्नु ।

नारीहरुका लागि पढिने मन्त्र

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी

दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा नमस्तुते ।

जयतुं देवी चामुन्डे जय भूतार्थी हारिणी

जय सर्वेगते देवी कालरात्री नमस्तुते ।।

सर्वे मंगल्य मंगल्यं शिवे सर्वत्र साधिके

शरणे त्रैम्बके गौरी नारायणी नमस्तुते

-अर्थ- नारीहरुलाई टीको लगाउँदा पढिने यो मन्त्र दूर्गादेवीको स्तुती हो । ‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा’ भनेको सबै देवीका नामहरु हुन्, जसलाई मन्त्रमा म नमस्कार गर्छु भनिएको छ । त्यस्तै ‘भूतार्थी हारिणी’-जगतमा रहेका प्राणीहरुको दुःख हरण वा नाश गर्ने चामुण्डे देवी एवं ‘सर्वेगते’ अर्थात् सबै कुरा जान्ने, सबैको मंगल गर्ने, शान्ति स्थापना गर्ने, कालरात्री देवीलाई पनि यो मन्त्रमा स्तुती गरिएको छ । शरण प्रदान गर्ने गौरी नारायणी (देवी)लाई नमस्कार गर्छु भनिएको छ ।

मन्त्रमा भिन्नता

दशैंमा वाचन गरिने मन्त्रहरुको कुरा गर्दा पुरुषहरुलाई स्पष्ट आशिष दिइएको छ भने महिलाहरुका लागि भने पछि बनाइएको मन्त्र नपढी सोझै चण्डीको श्लोक वाचन गर्ने गरिएको छ । तर, पूरषका लागि बनाइएको मन्त्र पनि मानिसहरुले अपभ्रंसित पार्दै फरक-फरम ढंगबाट उच्चारण गर्ने गरेको पाइन्छ ।

No comments: