Sunday, December 28, 2008

साँच्ची केटीहरु के कुराले खुसी हुन्छन ?

साँच्ची केटीहरु के कुराले खुसी हुन्छन ? प्रशंसा, एउटाले भन्यो माया नै होला अर्को बोल्यो माया र प्रशंसा दुवै भनौन तेस्रो व्यक्तिको मुखबाट निस्कियो । केटीहरुको सबैभन्दा खराब कुराचाहिँ के हो भने नि… नजिक भयो कि प्रेम गरेकै ठान्ने के माया गर्न सुरु गरिहाल्ने । मसँग त त्यस्ता कति घटनाहरु छन कति ! प्रश्नकर्ताले थप्यो ए बिस्तारो बोल भाउजूले सुन्नुहोला त्यसबीचबाटै आवाज सुनियो । हेर केटा हो केटी पट्याउने भए अरु केही गर्नुपर्दैन प्रशंसा गर प्रशंसा । तिमी कति राम्रो भन राम्रा हुन कि नहुन हातखुट्टा कति राम्रा भन… मोडल हो भने तिम्रो फोटो… भन्ने लेख्नेओर्ने रैछ भने- तपाईंको लेख… तपाइको सोचहरुबाट म अत्यन्त प्रभावित छु भन्ने… डाक्टर भए तपाईंको मेहनत… यति मेहनती कुनै स्वास्नीमान्छे हुन सक्छे भनेर मैले त कल्पनै गरेको थिइनँ भन्ने… पेसा र व्यवसायअनुसारको प्रशंसा बुझ्यौ केही नगर्ने रैछ भनेचाहिँ यस्तो रुप र शरीरको मान्छेले त बाहिर निस्कन पनि मिल्दैन भनिदिने । अनि क्याम्पस पढाउनेहरुलाई नि अर्कोले सोध्यो । यिनीहरुलाई गाह्रो छ यार धेरै पढेका हुन्छन आफूलाई के-के नै ठान्ने कोही-कोही त साह्रै रिसउठ्दा । पहिलो प्रश्नकर्ताको जवाफ । ए भाउजू पनि त कलेजमा पढाउनुहुन्छ सुन्नुभयो भने मार्नु होला है… आफ्नो श्रीमान र उसका साथीहरुले साँझको रमाइलो गर्दै बोलिरहेका यी संवाद सुनेपछि एकैछिन त उसलाई के गरौं के गरौं भयो । दुवै हातमा स्न्याक्सले भरिएका प्लेटहरु बोकेर भित्र पस्नै लागेकी उसलाई ओछ्यानमा गएर बत्ती निभाई अँध्यारोमा पल्टिन मन लाग्यो । त्यहाँबाट फर्किई तर घरमा मान्छेहरु खान बोलाएका बेला आफू देखा नपर्दा अरुले के भन्लान् जस्तो लाग्यो र जमघट भए ठाउँतिर लागी । उसको श्रीमान व्यापारी हो घरबाट निस्कने समय निश्चित भए पनि फर्कने कुनै टुङ्गो हुँदैन आज भने उसका केही प्रहरी अधिकृत सेनाका अधिकृत व्यापारी घरसँगैका छिमेकी डाक्टर र केही राजनीतिकर्मीसमेतका साथीहरु बोलाएर घरमै जमेका थिए । सङ्ख्या धेरै थिएन तर कामको हिसाबले विभिन्न क्षेत्रमा छरिएका थिए उनीहरु । ऊ भित्र पस्नासाथ श्रीमान्का साथीहरुले भने हामी आ-आफ्नो पेसा-व्यवसायमा भएका कठिनाइका कुरा गरिरहेका छौं भाउजू ।ठीक छ नि ! उसले यति मात्र भनी । एकछिन बसेर त्यहाँबाट बिदा माग्दै उसले भनी मेरो भोलि कलेजका लागि तयारी गर्नुछ यहाँहरु रमाइलो गर्नु होला म उता हुन्छु । ऊ हिँडेपछि श्रीमान्ले भन्यो मान्छेलाई दुःख गर्न पनि लेखेकै हुँदोरहेछ नत्र हेर त उसलाई के कमी छ र जतिबेला पनि पढिराकै हुन्छे बिहान हतारहतार दौड्या छ खानाको टुङ्गो छैन के रहर लागेको होला ।

कोठामा पल्टिएर उसले सोची- ओहो ! केटीहरुप्रतिको लोग्नेमान्छेको दृष्टिकोण उसलाई लाग्यो- त्यहाँ जुन क्षेत्रका मानिसहरु जम्मा भएका थिए तिनले आमलोग्नेमान्छेको त नभनौं अधिकांश व्यावसायिक पुरुषहरुको प्रतिनिधित्व गर्न सक्थे । तिनीहरुको संवाद उसले सम्झिई- अझ बच्चा भएका एकल महिला भए तिनका छोराछोरीप्रति सरोकार राखेझैं गर्ने केटीहरु आफू बेवकुफ बनिरहेको थाहै पाउँदैनन् । … ओहो ! कुरै नगर म सिन्धुपाल्चोकमा हुँदा झन्डै फसेको पहिला उसलाई फकाउन ठूलो मेहनत गर्नुपर्-यो जब पट्टिई छोड्दै छोड्दिन । सरुवा भएपछि त रोएर हैरान आफूलाई आँसु आउँदैन । … कसो सँगै लैजा भनिन… प्रेम गर्ने केटीहरुचाहिँ बोरै गर्छन् क्या । …सम्बन्ध भनेको जति छोटो त्यति मीठो… केटी पट्याउने भनेको त कला हो यार कला… सूत्र हुन्छ स्तरअनुसारको व्यवहार गर्न जान्नुपर्छ । साहित्यकार भए मनको कुरा गर्ने कलाकार भए तनको प्रशंसा सुरक्षा क्षेत्रका भए कन्फिडेन्सको कुरा गर्ने… । … हामी नपाउजेल हत्ते गछौर उनीहरु पाएपछि हत्ते गर्छन् । … प्रशंसा मात्र गरेर पनि हुँदैन कोही नाच्नमा सौखिन छ भने तारिफले मात्र पुग्दैन उससँग गएर नाच्नैपर्छ । जो राम्रो नाच्छ उही उसको रोजाइ हुन सक्छ । … अलि प्राक्टिकल पनि हुनुपर्छ यार… सकेसम्म विवाह नभएकासँगचाहिँ जोगिनुपर्छ है… कहाँ बिहे मात्र होइन छोराछोरी भएकैहरु पनि कोहीकोही त साह्रै भावनात्मक हुन्छन् । अलग अलग व्यक्तिबाट निस्किएका यस्ता संवादले उसलाई रिङटा लागेझैं भयो । कतिपय संवादको उसले आफ्नै किसिमले अर्थ लगाई- केटाहरु शारीरिक सम्बन्धका लागि माया गर्छन् केटीहरु माया पाएपछि पाइरहनलाई शारीरिक सम्बन्ध राख्छन् । … प्रेमबिनाका सम्बन्धहरु यत्रतत्र छन तर मानिसहरु ठानिरहेका छन- तिनीहरु पे्रममा छन । केटाहरुलाई पनि बेवकुफ बनाउने उनीहरुको भावनामा खेल्ने कतिपय केटीहरु पनि होलान् तर भावनात्मक पीडा पाउनेको सूचीमा धेरैजसो केटीहरु नै छन कतिले व्यक्त गर्छन् कतिले गर्दैनन त्यो अलग कुरा हो । उसले आफैंलाई सम्झिई र प्रश्न गरी- मजस्तै कति केटी होलान तर मेरो स्तरका स्वास्नीमानिसहरुले कहाँ व्यक्त गर्न सक्छन् र आफूमाथि भएका घटनाहरु पीडा पोख्ने या वास्तविकता बताउने ठाउँ कहाँ छ मेरो के म पनि प्रशंसामै फसें या मायाको भ्रम भयो मलाई मेरो विषयमा पनि अहिले कुनै मेहफिलमा यसैगरी चर्चा भइरहेको त छैन म पनि कसैको साथीहरुसँगको मनोराजनको पात्र त बनिरहेकी छैन

उसलाई लाग्यो- अब ऊ कहिल्यै मोबाइल राख्ने छैन ऊमाथि जे भयो त्यही मोबाइल फोनकै कारणले भएको हो भन्ने उसको ठम्याइ छ । उसले सम्झी- आज ठ्याक्कै २८ दिन भयो साकारसँग उसको कुनै प्रकारको संवाद भएको छैन । यसबीचमा उसले धेरैपटक फोन गरी म्यासेज पठाई तर कुनै रेस्पोन्स आएन । आखिर किन ऊ मबाट एक्कासि टाढा भयो या हुने कोसिस गर यो यो प्रश्नले उसलाई बारम्बार घोचिरहन्छ तर जवाफ भने पाउन सकेकी थिइन । साँझका ती संवादहरुबाट आज सायद उसले जवाफ पाएकी छे । सत्य जेसुकै भए पनि अहिले उसलाई लागिरहेको छ- यदि यही मानसिकताले सबैलाई काम गर्ने हो भने अहिले ऊ सोचिरहेको होला ुत्यति लामो समय मैले त्यसै बर्बाद पारें । त्यति केयर र प्रशंसा गरेको भए त अरुसँग म जे पनि गर्न सक्थें ।कुनै दिन उसले त्यस्तो व्यवहार गर्ला भनेर नम्रताले सोचेकी पनि थिइन । कल्पनाबाहिरको कुरा जब व्यवहारमा भोग्नुपर्छ त्यो कति पीडादायी हुँदोरहेछ भन्ने कुरा अहिले ऊ प्रत्यक्ष अनुभव गरिरहेकी छे । पहिला-पहिला फोन गर्नासाथ यदि उसले उठाउन पाएन भने लेख्ने गथ्र्यो आई एम इन अ मिटिङ कल यू लेटर कहिलेकाहीँ ऊ भन्ने गर्थी तिमीलाई यो कुरा सधैं पठाउनुपर्छ बरु सेभ गरेर राख लेखिरहनु त पर्दैन । फुस्रद हुनासाथ फोनमा भन्ने गथ्र्यो सरी भेटघाट भएदेखि तीन वर्षसम्मका नियमित संवादहरु यसरी टुटेको उसलाई कहिल्यै सम्झना छैन । खाना खायौ कहाँ छौ?के गर्दै व्यस्त बिस्र्यौ ?मिसिङ यू डन्ट फर्गेट मि है… कता आफ्नो ख्याल गर बेपत्ता एसएमएसमा उनीहरुले आदान-प्रदान गर्ने नियमित संवादहरु हुन् । साकार ख्यातिप्राप्त बैंकमा काम गर्छ नम्रता कलेजमा पढाउँछे । भेटघाट त्यस्तो उल्लेखनीय तरिकाबाट भएको थिएन तर मोबाइलमा पठाइने म्यासेजहरुले उनीहरुलाई दिनप्रतिदिन निकट बनाएको थियो । सायरी र जोकहरु पठाउँदा-पठाउँदै उनीहरु व्यक्तिगत कुरा गर्न थालेका थिए । साकार नम्रतालाई त्यति कियर गथ्र्यो कि नम्रतालाई आफू विवाहित हुँ भन्ने कुरा नै ख्याल नभएझैं भएको थियो । व्यापार-व्यवसायमा संलग्न व्यस्त श्रीमान्ले खाना खायौ भनेर नसोधेको धेरै समय भइसक्दा उसले प्रत्येक दिन खाना खायौ भन्नु नम्रताका लागि आफैंमा खुसीको कुरा थियो । साकार प्रत्येक दिनझैं सोध्ने गथ्र्यो- आजको क्लास कस्तो रह्यो कतै कार्यपत्र प्रस्तुत गर्नु छ भने भन्ने गथ्र्यो - गुड लक फर्किएपछिको एसएमएस हुन्थ्यो- कार्यक्रम कस्तो रह्यो आफूलाई कडा स्वाभावकी ठान्ने नम्रता खै कसरी हो साकारसँग अत्यन्त नरम बनेकी थिई । क्याम्पसमा कतिपय लेक्चरहरुले उसको मुहार र डे्रसको प्रशंसा गर्दा ऊ भन्ने गर्थी- मेरो कामको कुरा गर्नुस् मलाई आउट लुकुको कुरा गरेको मन पर्दैन । तर त्यही प्रशंसा साकारले गर्दा ऊ दङ्ग पर्थी । एकदिन अचानक भएको भेटघाटपछि उसले मोबाइलमा अक्षरहरु थिची- म कस्ती छु जवाफ आयो- कम्बिनेसन अफ ब्युटी एन्ड बे्रन्ड । ऊ पानीपानी भई मुस्कुराई र लेखी- यू आर टु मच…। ! साकारसँग बढ्दै गएको निकटताले उसको संसार नै परिवर्तन भएको थियो ऊ खुसी थिई । विवाहेत्तर सम्बन्धको ऊ विरोधी हो तर कसरी-कसरी ऊ आफैं त्यस्तो सम्बन्धतर्फ खिचिँदै गएकी थिई । साकारसँगको सामीप्यतालाई लिएर कहिलेकाहीँ उसलाई आत्मग्लानि नभएको होइन तर मैले उससँग के गरेकी छु र जीवन बिताउनेबारेमा सोचेकी छैन शारीरिक सम्बन्धसम्म पुग्ने लक्ष्य छैन भनेर फितलो तर्क अघि सार्दै चित्त बुझाउँथी । तीन वर्षको बीचमा अत्यन्त थोरै भेटघाट र धेरै कुराकानी भएको थियो उनीहरुको । भेट्ने कुरालाई उसले खासै महत्व पनि दिइन । तर कतै बाहिर जाँदा जे देखे पनि उसलाई सम्झिन थालेकी थिई । राम्रो लुगा देख्दा उसलाई सुहाउँछ जस्तो लाग्ने मीठो खाना खाँदा उसलाई मन पथ्र्यो कि भन्ने लाग्ने । हुँदाहुँदै राम्रो मौसम र फुलेका फूलहरु देख्दा पनि उसैलाई सम्झिन थालेकी थिई ऊ ।

साकारले उसलाई पहिलोपल्ट छोएको दिन नम्रता कति धेरै नर्भस भएकी थिई त्यसअघि उसले ऊसँगको स्पर्शको कल्पनै गरेकी थिइन । ऊ अहिले पनि सम्झिरहेकी छे बाइ… भनेर छुट्टिने बेलामा उसले अनायसै अङ्कमाल गर्दा पूरै शरीर कसरी काँपेको थियो । असमन्जस्यताको त्यो पे्रमिल साँझमा एक शब्द पनि बोल्न नसकेर ऊ चुपचाप चुपचाप उभिएकी थिई । टेक केयर भनेर ऊ आफ्नो गाडीछेउ पुग्दासम्म नम्रता आफूलाई ख्याल गर्नै नसक्ने भएर कताकता हराएकी थिई । ऊ गए पनि उसका स्पर्शहरु सँगसँगै गएनन् त्यसपछिका कैयौं दिनसम्म आँखा चिम्लिँदा त्यही क्षण उसको अगाडि आएर राम्ररी निदाउन पनि सकेकी थिइन । त्यस दिन लगाएको कालो भूइँमा रातो बुट्टा भएको साडी उसले अहिलेसम्म पनि धुन दिएकी छैन । साडी धुँदा उसका स्पर्शहरु पनि सँगसँगै पखालिने भयले उसले जतनले राखेकी छे । ऊ अहिले पनि त्यो साडी र ब्लाउज लगाउँदा शरीरभरि ती स्पर्शहरु महसुस गरिरहेकी हुन्छे ।

उनीहरुबीचको सम्बन्ध ती दुईजनाबाहेक कसैलाई थाहा थिएन जसका कारण कोहीसँग कुरा गरेर मन हलुका बनाउने अवस्था पनि थिएन । त्यसैले प्रायः आफैंसँग कुरा गर्थी ऊ । भान्सामा बस्दा ऊसँग कुरा गर्दै पकाउँथी बाटोमा हिँड्दा ऊसँगै कुरा गर्दै हिँड्थी । मनमा ऊसँग कुरा गरिरहेका बेला कतिपटक उसको फोन आएको छ । त्यस्तो बेलामा ऊ भन्ने गर्थी- म सम्झिरहेकी थिएँ ठ्याक्कै फोन आयो । ऊ भन्ने गथ्र्यो- म कहाँ बिस्रन दिन्छु र तर अकस्मात् अहिले उसले बिस्रनका लागि प्रसस्त समय दिएको छ । तर त्यो समयले उसलाई बिसा्रउनेभन्दा बढी सम्झाउने काम गरेको छ । बिहान कलेज जानुपर्ने भएकोले ऊ बिहान पाँच बजे नै उठ्थी साकार सात बजेसम्म सुत्थ्यो । एक दिन फोनमा कुरा गर्दै साकारले भनेको थियो- ओहो कस्तो सक्ने बिहानबिहानै उठ्न म तिमीसँग भएको भए त के उठ्न दिन्थें… तिम्रो दिनचर्या नै बदलिने थियो…। तर अकस्मात अहिले ऊ आफैं बदलिइएको छ र नम्रता पनि क्रमशः आफूलाई फरक बनाउने कठिन कोसिस गरिरहेकी छे ।

एक दिनको कुरा हो- जब उनीहरुले एक घन्टाका लागि समय मिलाएर भेटेका थिए साकार उत्साहित र नम्रता निकै भावुक थिई । साकारसँग ऊ त्यति धेरै नजिक हुनुको मुख्य कारण उसले कहिल्यै शारीरिक रुपले हेरेको महसुस गरिन । उसलाई लाग्यो- साकार उसको दुःखसुख बाँड्ने राम्रो साथी हुन सक्छ । उसको मनमा के थियो यसै भन्न सक्दिन तर उसका अभिव्यक्तिले ती सबै कुराको सङ्केत गर्दैनथे । सायद केटीहरु शारीरिकभन्दा मानसिक निकटताको अनुभूति चाहन्छन । त्यस दिन भेट्नेबित्तिकै उसैले साकारको हात समाई र भनी म तिमीसँग एकदमै नजिकिएकी छु सायद हामी अब साथीभन्दा अलि बढी नै केही हुँदैछौं कि के तिमीपनि मसँग त्यत्तिकै नजिक महसुस गर्छौ?केही झस्किएझैं गरेर उसले हत्तपत्त भन्यो किन नगर्नु छुट्टिना साथ उसले लेखी लभ मि जवाफ नदिई उसले म्यासेज डिलिट गर  । त्यस साँझ घरमा पुगेर साकारले खुब सोच्यो- प्राइभेट एयरलाइन्समा कार्यरत उसकी श्रीमती भान्सामा काम गर्दै थिई छोराछोरीहरु होमवर्कमा व्यस्त थिए । ऊ टेलिभिजन हेरेझैं गरेर नम्रताका बारेमा सोचिरहेको थियो- हो ! यो मान्छेले त मसँग प्रेम गर्न लागेजस्तो छ । त्यस्तो भयो भनेतम बर्बादै हुन्छु के दिनमा भेटघाट भएछ ।ठीक त्यही समय यता नम्रता पनि उसैका बारेमा सोचिरहेकी थिई- म ऊसँग यति धेरै नजिक छु के ऊ पनि मसँग मैले सोचेजत्तिकै नजिक छ जानी-नजानी खै कसरी-कसरी बिस्तारै-बिस्तारै म उसलाई प्रेम गर्न थालें के उसले पनि मलाई माया गर्छ मसँग ऊ जतिबेला पनि छ के उसले पनि मैलेजस्तै सम्झिन्छ कुनै दिन मलाई बेवास्ता गर् यो भने ओहो ! म कति धेरै खाली-खाली हुनेछु । म त्यस्तो शून्यताको कल्पना पनि गर्न सक्दिन कस्तो सुखद दिनमा भेट भएछ । उता सोच्दासोच्दै साकारले निष्कर्ष निकाल्यो- मैले अब ऊसँग टाढिनुपर्छ । माया पाउनका लागि मैले ऊसँग सम्बन्ध बढाएको थिइनँ । त्यही निष्कर्षले भोलिपल्टदेखि फोन र म्यासेज दुवै गरेन । नम्रताले एकोहोरो फोन गरिरही म्यासेज पठाइरही । सुरुसुरुमा त उसलाई बिरामी पो पर्यो कि भनेर निकै चिन्ता लाग्यो । लगातार तीन दिनसम्म कुनै खबर नआउँदा उसलाई राम्ररी निद्रा पनि लागेन । धेरैपटक सोधी- नट फिलिङ वेल कहाँ छौं तर जवाफ आएन । मोबाइल पो हरायो कि कतै दुर्घटनामा पो पर्यो कि कुनै ठूलो आपत पो आइलाग्यो कि त्यसबीचमा के-के मात्रै सोचिन उसले । जे भए पनि एकपटक फोन त गर्नुपर्ने हो… प्रत्येक दिन फोन गर्ने ऊ मेरो आवाज नसुनी कसरी बस्न सक्यो होला र तर बिस्तारैबिस्तारै आफूलाई टाढा राख्न खोजेको आभास भयो उसलाई । पटक-पटक लेखी- के भयो किन मसँग कुरा गर्दैनौं?मैले के गरे कुनै गल्ती तर जवाफ आएन । धेरैपटक फोन गरेर नउठाउँदा कति ह्युमिलिएसन भएको थियो भन्ने कुरा ऊ वर्णन नै गर्न सक्दिन । विगतमा आफूले गरेको व्यवहार सम्झिएर ग्लानि भयो तर सच्याउने ठाउँ थिएन । लगातार तीन वर्षसम्मको मानसिक लगाव र निकटता टुट्न त्यति सजिलो पनि थिएन । अचम्म त के भने नम्रताको त्यतिका मानसिक लगाव खुसी र छटपटीहरुको बारेमा उसको लोग्नेले थाहासम्म पाएन । ऊ दुःखी हुँदा उसले सोधेन तिमीलाई के भयो ? एक्लै मुस्कुराउँदा प्रश्न गरेन तिमी खुसी देखिएकी छ्यौ नम्रताको जीवनमा यति धेरै उतारचढाव आइरहँदा आफ्नै दिनचर्यामा मस्त श्रीमान् साथीहरुसँग साँझका जमघटहरुमा आफ्ना व्यापारिक विदेश यात्राका कहानीसँगै भनिरहेको हुन्थ्यो- केटीहरुलाई गिफ्ट नल्याइदिऊँ नसम्झिएजस्तो ल्याइदिऊँ श्रीमतीले देख्ली भन्ने डर । एकपटक कसैको रोजाइको पफ्र्युम ड्युटी फ्रीबाट ल्याएको थिएँ लुकाउँछु भन्दा भन्दै एकैपटक श्रीमतीको थ्याङ्क्यूले झसङ्गै बनायो । हिजोआज त प्रायः साथीहरुको ब्यागमा लहै… भनेर हालिदिन्छु पछि ऊसँग लियो अनि दियो… ढुक्क ।

एक दिन मर्निङवाकबाट फर्किनासाथ धेरैपछि नम्रताको स्कुलको साथी सम्भवले पहाडबाट फोन गर्यो । उनीहरु सँगै पढेका हुन अध्ययनका क्रममा केही समय बाहिर बसे पनि अहिले ऊ गाउँकै स्कुलमा पढाउँछ । लामो समयसम्म बेखबर टाढाटाढा रहेका साथीहरु र आफन्तहरुसँगको भौगोलिक दूरीलाई टेलिफोनले गर्दा नजिक बनाएको छ । सम्भवले भन्यो हेर न मोबाइलले गर्दा मलाई सरुसँग फेरि एकपटक नजिक बनाएको छ । ऊ मसँग घन्टौं कुरा गर्छे हामी प्रत्येक दिन एक-अर्कालाई म्यासेज पठाउँछौं । सरु र सम्भव एक-अर्कालाई प्रेम गर्थे तर उनीहरुको प्रेमकथाको अन्त्य कसरी भयो भन्नेचाहिँ थाहा भएन । अहिले उनीहरु दुवै विवाहित हुन र छोराछोरीसहित पारिवारिक जीवन बिताइरहेका छन । मोबाइलले सरु र सम्भवलाई करिब १५ वर्षपछि पुनः नजिक बनाएको थियो । तर त्यही मोबाइलले निकट बनाएको साकार र नम्रताको मनको दूरीलाई कति धेरै टाढा बनाउँदै लगेको थियो । सम्भवले फोनमा सोध्यो- के गर्दैछौ उसले भनी- भर्खरै मर्निङवाकबाट फर्किएँ एकछिनपछि कलेज जान्छु । म भर्खरै खेतमा पानी लगाएर आएको केही छिनपछि स्कुल जान्छु तिमीलाई थाहै छ मेरो स्कुल पुग्न डेढ घन्टा हिँड्नुपर्छ । फोन राखिसकेपछि नम्रतालाई लाग्यो- कति फरक छ म र सम्भवमा म स्वस्थ रहनलाई बिहान हिँड्छु ऊ हिँड्नलाई स्वस्थ रहन्छ । यस्तै कुरा सोच्दासोच्दै नम्रताको मोबाइल बज्यो अचम्म ! साकारको नम्बर थियो एकमनले त उसलाई नउठाउँ कि जस्तो लाग्यो । फेरि खै के सोचेर हो फोन उठाई । नसोधुँ भन्दाभन्दै सोधी- धेरै दिनपछि फोन गर्यौ त के छ खबर मेरो फोन उठाएनौ म्यासेजको पनि रेस्पोन्स गरेनौ । अँ… भन्दै उसले भन्यो- तिमीले के सोच्छ्यौ भनेर नि ! लामो समयसम्म मैले फोन नगर्दा तिमीलाई कस्तो लाग्दोरहेछ भनेर… म टाढा रहँदा तिमीले के फिल गर्दिरहिछौ भनेर… । उसलाई भन्न मन लागेको थियो- केही समय खुसी दिएर तिमीले मलाई टुक्राटुक्रा बनायौ यति दुःखी त म जिन्दगीमा कहिल्यै बनेकी थिइनँ यु हर्ट मी सो मच साकार ।तर धैर्यपूर्वक कुरा सुनिसकेपछि उसले यति मात्रै भनी मलाई माफ गर साकार मेरो मन तिम्रो प्रयोगशाला होइन । त्यसपछि सदाका लागि उसले आफ्नो मोबाइल बन्द गरी ।

Thursday, December 25, 2008

नेपाली महिला डोल्मा शेर्पा मृत्युदण्डको सजायबाट उन्मुक्ति


नेपाली महिला डोल्मा शेर्पा मृत्युदण्डको सजायबाट उन्मुक्तिएक फिलिपिनो महिलाको हत्या अभियोगमा कुवेतको जेलमा सजाय भोगिरहेकी नेपाली महिला डोल्मा शेर्पाको मृत्युदण्डको सजायबाट उन्मुक्ति पाएकी छिन। कुवेतस्थित तल्लो तथा पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको भएपनि फिलोपिनो महिलाका परिवारले ब्लड-मनी स्वीकारपत्र दिएकोले डोल्मा शेर्पाले मृत्युदण्डको सजाय फिर्ता भएको बताइएको छ । ब्लडमनि स्वीकार गरेको परिवारको पत्र अदालतले बुझेको छ । कुवेतको पुनरावेदन अदालतले मंगलबार सुनाएको फैसलाअनुसार उनको मृत्युदण्डको सजाय मिनाहा भएको हो ।यधपि उनी फाँसी मुक्त भएपनि जेलसजाय मुक्त भने भएकी छैनन ।

डोल्मा शेर्पाको जीवनरक्षामा पहल गर्नमा अन्तराष्ट्रिय स्तरको एक कमिटिको गठनगरेको थियो जसमा जर्मनिबाट उशा शर्मा र कोरियामा रहनु भएका एन आर एनका आई सि सि प्रतिनिधि तेन्जि शेर्पा रहनु भएको छ ।उहाहरुको को-अर्डिनेसनमा बिस्श्वका बिभिन्नमुलकबाट पैसा सन्कलन गरिएको थियो।उहाहरुको आथक प्रयास सफलको बाटोतर्फ गई रहेकोहुदा धन्याबादको पात्रसमेत बन्नु भएको छ ।डोल्मा शेर्पाको जीवनरक्षामा बिभिन्न देसबाट नेपाली दुताबास, NRN र नेपाली समाजले ठुलो योगदान पुर्याएको थियो।डोल्मा शेर्पाको रिहाइका लागि र ब्लडमनी जम्मा गर्न संसार भररहेका नेपालीहरुले सहयोग गरेका थिए ।डोल्मा शेर्पाको बाँकी सजाय समेत माफ गरिदिन पहल भइरहेको साउदी अरेबियाको रियादस्थित नेपाली नियोगका राजदूत हमिद अन्सारीलाई उदृधगर्दै ज्वाइन्ट को-अर्डिनेटर तेन्जि शेर्पाले दिएको जानकारिनुसार उनको जेल सजाय मिनाहा गर्नमा पनि पहल थालिनेछ र डोल्मा शेर्पाको पाउने जेल सजायको अवधी पनि छिट्टै तय हुनेभएको छ ।घरेलु कामदारको रुपमा कुवेत पुगेकी शेर्पाले फिलिपिनो सहकर्मी हत्या गरेको अभियोगमा बीस महिनादेखि जेल सजाय भोगिरहेकी थिइन । उनी गत मंगलबार सुनवाइका लागि पुनरावेदन अदालतमा उपस्थित भएकी थिइन।

Ram Kumar Shrestha
Dubai, U.A.E.

ज्ञानेन्द्र र सुदबीच गोप्य वार्ता

राजगद्दी त्यागेर नागरिक जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्र हिजो–आज सक्रिय हुन थालेका छन्। माघ १९ को कदम चाल्न उकास्नेहरुले पूर्व राजा ज्ञानेन्द्रलाई चूप लागेर नबस्न सल्लाह दिने गरेका छन्। जोसँग भेट्दा पनि अरुको कुरा बढी सुन्ने आफू कम बोल्ने गरेका ज्ञानेन्द्रले पछिल्लो पटक भारतीय राजदूत राकेश सुदसँग सोल्टी होटलको रेगल स्विट्स्मा भेटेका
गत मंसिर २४ गते बेलुकी आफ्ना ड्राइभर सुधन थापालाई गाडी हाँक्न लगाएर उनी राजदूत सुदलाई भेट्न सोल्टी होटल पुगेका हुन्। बेलुकी ६.३० बजेदेखि झण्डै ८.३० बजेसम्म ज्ञानेन्द्र र भारतीय राजदूत सुदबीच मुलुकको राजनीतिक स्थितिका बारेमा कुराकानी भएको थियो। ह्वीस्कीको चुस्की लिँदै भएको उक्त भेटमा पनि ज्ञानेन्द्रले आफ्नो कुरा राख्नेभन्दा राजदूत सुदको कुरा बढी सुनेको स्रोतले जानकारी दिएको छ।
ढाकामा सम्पन्न सार्क शिखर सम्मेलनमा आफूले आतंकवादविरुद्ध लड्न सार्क क्षेत्रका सरकार प्रमुखहरुसँग आग्रह गरेको र आतंकवादप्रति दुईवटा मापदण्ड नअपनाउन भारतलाई आग्रह गर्दा भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफूसँग रिसाएको प्रसंग पनि पूर्व राजा ज्ञानेन्द्रले राजदूत सुदलाई सुनाएका थिए।
नेपालको हरेक मामिलामा भारतीय हस्तक्षेपको अप्रत्यक्ष रुपमा व्यंग्य गर्दै नेपाल र भारतबीच सम्बन्ध राम्रो बनाउन भारतले जहिले पनि सकारात्मक सोच बनाउन राजदूत सुदलाई सुझाव दिएका थिए। एकातिर माओवादीलाई आतंककारीको सूचीमा राख्ने, अर्कोतिर तिनै आतंककारीलाई शरण दिएर नेपालको राजनीतिमाथि हस्तक्षेप गर्ने भारतीय नीतिले कसैको भलो नहुने चेतावनी पनि पूर्व राजा ज्ञानेन्द्रले दिएको स्रोतले बताएको छ। उक्त भेटमा राजदूत सुदले भविष्यमा के गर्ने विचार छ भनी राखेको जिज्ञासामा पूर्व राजा ज्ञानेन्द्रले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरी हुन्छ, नेपाली भएर बाँच्न पाउने मेरो अधिकार अक्षुण राख्न चाहान्छु भन्दा राजदूत सुद भावविह्वल भएको स्रोतले जानकारी दिएको छ।
यसबाहेक ज्ञानेन्द्र र राजदूत सुदका बीच माओवादी सरकार र माओवादी गतिविधिका बारेमा पनि लामो कुराकानी भएको स्रोतले बताएको छ। माओवादीको क्रियाकलाप नसुधि्रएको र जनगणतान्त्रिक संविधान निर्माण गर्ने बहानामा राज्यसत्ता कब्जाको नीति माओवादीले लिएको कारण त्यसबाट उत्पन्न हुन सक्ने राजनीतिक अवस्थाका बारेमा पनि दुई पक्षबीच गम्भीर वार्ता भएको बुझिएको छ। माओवादी लडाकुलाई गर्न सकिने तर सेनामा समायोजन गर्न नहुने भारतीय अडान राजदूत सुदले भेटका अवसरमा दोहोर्‍याएका थिए।
कुटनीतिक जीवनको तितामिठा अनुभव सुनाउँदै अफगानिस्तानपछि नेपाल आउन पाउँदा आफू अत्यन्तै खुशी भएको कुरा पनि राजदूत सुदले ज्ञानेन्द्रलाई सुनाएका थिए। नेपाललाई भारतले अत्यन्त महत्वपूर्ण ठाउँमा राखेको र हरेक पटक अनुभवी, पाका व्यक्तिहरुले मात्रै नेपालको राजदूत हुने अवसर पाउने गरेको तथ्य सुनाउँदै आफू पनि केही वर्षपछि अवकाश हुने भएकाले नेपालमा रहँदासम्म राम्रो काम गर्न सके जीवनमा सन्तुष्ट हुने थिएँ भनेर सुदले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्ना अन्तरमनको कुरा सुनाए। उनले ज्ञानेन्द्रको भित्री कुरा खोतल्न खोजेका थिए। तर, भारतीय शासकहरुबाट नराम्रो धोका खाएका ज्ञानेन्द्रले सुदको कुरा 'सुन्ने' बाहेक 'बोल्ने' कम गरेका थिए। बीच बीचमा सुदले ज्ञानेन्द्रलाई 'हिज मेजेष्ट्री' भन्दा पूर्व राजा ज्ञानेन्द्र मुसुक्क हाँस्ने गरेका थिए। सोल्टीबाट बाहिरिँदा पूर्व राजा ज्ञानेन्द्रको अनुहारमा चमक देखिन्थ्यो– प्रत्यक्षदर्शीले बतायो।
प्रधानमन्त्री प्रचण्ड आफैं सरकारबाट बाहिरिने कुरा गरिरहेको बेला भारतीय राजदूत सुद र पूर्व राजा ज्ञानेन्द्रबीचको गोप्य भेट अर्थपूर्ण रहेको राजनीतिज्ञहरु बताउँछन्। ज्ञानेन्द्रलाई यसअघि पटक–पटक भेटेका कमल थापा, पशुपतिशमशेर जबरा आदिले पनि माओवादी जिम्मेवार नरहेको र माओवादीकै कारण संविधान बन्न नसक्ने कुरा ज्ञानेन्द्रलाई जाहेर गरेका थिए। यसबीच ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइरालाबीच लामो फोनवार्ता भएको कुरा पनि चर्चामा आएको छ। राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पनि ज्ञानेन्द्रसँग भेट्ने समय माग गरेको सूत्रले बताएको छ। खुमबहादुर खड्का पनि पूर्व राजा ज्ञानेन्द्रको सम्पर्क सूत्रमा रहेको समाचार स्रोतले बताएको छ।
आगामी ०६७ साल जेठ १७ गते नयाँ संविधान आउन सकेन भने मुलुकमा संक्रमणकाल लम्बिने र संवैधानिक संकट निम्तिने कुरा पूर्व राजालाई भेट्नेहरुले जानकारी गराउँदै आएका छन्।
एकातिर माओवादी सरकारमा पुगेर पनि मुलुकको समस्या जहीको तही हुनु अर्कोतिर माओवादी सरकारविरुद्ध भारत र अमेरिकाले चलखेल गर्नुले माओवादी सरकारको आयु यति नै छ भनेर कसैले भन्न सक्ने अवस्था छैन!

Ram Kumar Shrestha
Dubai, U.A.E.

धादिङमा तरकारी उत्पादनमा गिरावट

दक्षिणी धादिङको चरौदी बजार स्थित कृषक सुधार फलफुल तथा तरकारी सहकारी संस्थाको तरकारी बजारमा गतवर्षो तुलनामा यसवर्षतरकारीको मूल्य अत्यधिक रुपमा बढेको छ भने उत्पादनमा गिरावट आएको छ ।
सहकारीका व्यवस्थापक रोशनकुमार सिलवालले दिनुभएको जानकारी अनुसार गत वर्ष०६४ कार्तिक महिनामा ४ सय २३ टन तरकारी सहकारीबाट विक्रि गरिँदा ७६ लाख ४ हजार ८ सय ७० रुपैया संकलन भएको थियो । सो अवधिमा तरकारीको मूल्य सरदर १७ रुपैयाँ ९५ पैसाका दरले कृषकहरुले लिएका थिए ।
यसवर्ष०६५ को कार्तिक महिनामा ४ सय १५ टन मात्र तरकारी बिक्रि हुँदा १ करोड ९ लाख ७७ हजार ५ सय ७१ रुपैँया किसानले आम्दानी लिन सफल भएका छन् । यसवर्षतरकारीको सरदर मूल्य २६ रुपैंया ४० पैसा छ । गोलभेडा गतवर्ष१७ रुपैंयाको हाराहारीमा विक्री हुने गरेकोमा यसवर्ष२८ रुपैँयामा विक्री भएको छ ।
कार्तिक महिनामा ध्यू सिमी, गोलभेडा, करेला, लौका, बन्दाकोभि, बोडि, राजमा, भेन्टे खर्ुसानी लगायतका तरकारी उत्पादन भई सहकारीले विक्री वितरण गर्दै आइरहेको छ । धादिङको मूख्य तरकारी उत्पादन स्थलको रुपमा मानिएको धुषा गाविस, बेनिघाट गाविस र गोरखा जिल्लाको ध्याल्चोक गाविसबाट यस सहकारीमा तरकारी आउने गरेको पनि व्यवस्थापक रोशनकुमार सिलवालले बताउनुभयो ।
९ सय ३० जना शेयर सदस्य रहेकेा यससहकारीले ९ लाख ८५ हजार २ सय ३४ रुपैँया नाफा गरेको छ । ७ करोड भन्दा बढिको तरकारी निर्यात गर्ने यस सहकारीले सुन्तलामात्र ढेड करोडको विक्री गरेको छ भने डेढ करोडको बाहिरबाटै विक्री हुने गरेको पनि सिलवालले बताउनुभयो ।
१ करोडको बन्दाकोभि निकासी गर्ने यस सहकारीले धेरै तरकारी उत्पादन गरि विक्री वितरण गर्नेलाई पुरस्कृत गर्ने गरेको छ । गतवर्षतरकारीबाट ७ लाख ८० हजार लिएर टंकबहादुर बस्नेत र ७ लाख ७७ हजार आम्दानी लिने रेशम बहादुर बस्नेतलाई सहकारीले पुरस्कृत समेत गरेकेा छ ।
यस क्षेत्रमा तरकारीको उत्पादन अत्यधिक हुने र किसानहरुले सहकरी मार्फ विक्री वितरण गर्दै आइरहेकेा भएपनि सहकारीमा नै नल्याइकनै ९० प्रतिशत बन्दा बाहिरबाटै विक्री गर्ने गरिएको र सुन्तला आधामात्र सहकारीमा ल्याएर बिक्री हुने गरेको सहकारीका व्यवस्थापक सिलवालले बताउनुभयो ।
नलाङमा एक्टीभ युथ क्लब

धादिङ , ९ पुस ः नलाङ गाउँ विकास समिति वडा नम्वर ७ वैरेनीको मिन्दुका माध्यमिक विद्यालयमा शनिवार स्थानीय किशोरी समुहका सदस्यहरु तथा युवाहरुलाई समेटेर एक्टीभ युथ क्लबको गठन गरिएको छ ।
एस.पि.डब्लु नेपालको सक्रियतामा गठन गरिएको एक्टीभ युथ क्लब ११ सदस्यीय रहेको छ । क्लबको अध्यक्षमा शान्तादेवी अर्याल, उपाध्यक्षमा अरुण सापकोटा, सचिवमार् इश्वर भट्ट, सहसचिवमा लक्ष्मी भट्ट र कोषाध्यक्षमा सुनिता न्यौपाने रहनुभएको छ ।
गाउँको परिवर्तन र विकास स्थानीय तहबाट नै गर्ने उद्देश्यले क्लबको गठन गरिएको एस.पि.डब्लुका स्वयंसेवक नारायणी आचार्यले जानकारी दिनुभयो
खेलकुदका सामगं्री वितरण
केशव अधिकारी
धादिङ , ९ पुस ः बालबालिकालाई शैक्षिक कृयाकलापका अतिरिक्ति खेलकुद तर्फप्रोत्साहित गर्ने उद्देश्यले अम्लेश्वर ग्रामीण विकास समाजले बैरेनी गाविसका दुइवटा विद्यालयमा खेलकुद सामग्री वितरण गरेकेा छ ।
लाईफ सेभर फाउण्डेशन अष्टे्रलियाको सहयोगमा अम्लेश्वर ग्रामीण विकास समाज संस्थाले बैरेनी गाविसको वडा नम्वर ६ मा रहेको जलकन्या प्राथमिक विद्यालय र बैरेनी ९ को अम्लेश्वर प्राथमिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराएकेा हो ।
संस्थाका खेलकुद कार्यक्रम संयोजक सन्तोष भण्डारीका अनुसार प्राथमिक तहका बालबालिकाहरुलाई खेलकुदका बारेमा आकषिर्त गराउन विभिन्न प्रकारका खेलकुद सामग्री दर्ुइवटा विद्यालयमा वितरण गरिएको हेा ।
विद्यालयलाई उपलब्ध गराइएका खेलकुदका सामग्रीमा भलिबल, फुटबल, क्रिकेट, व्याटमिन्टन टेबलटेनिस बल, बास्केट बल लगायतका दर्ुइदर्जन खेलकुद सामग्री रहेकेा संस्थाका अध्यक्ष भरत अधिकारीले बताउनुभयो ।

शिक्षा सेवा करको विरोधमा ज्ञापनपत्र

धादिङ , ९ पुस ः सरकारले निजी विद्यालयलाई शिक्षासेवा कर लगाएको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिชले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
प्याब्सन धादिชका अध्यक्ष गोपालप्रसाद कडेंलको नेतृत्वमा गएका निजी विद्यालयका प्रतिनिधिहरुले बुधवार प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापा मार्फ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १३ सुत्रिय माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
संस्थागत विद्यालय शिक्षाऐनको व्यवस्था गरिनुपर्ने, शिक्षा सेवा कर तत्काल खारेजी गरिनुपर्ने विद्यालय तथा बालबालिकाहरुलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने लगायतका माग प्रधानमन्त्री समक्ष पेश गरिएको प्याब्सन धादिช अध्यक्ष गोपाल प्रसाद कडेंलले बताउनुभयो । ज्ञापनपत्र र मागहरुका बारेमा प्याब्सन धादिชले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
झोलुङगे पुलका अभावमा /नदी किनारका वासिन्दाको जिवन कष्टकर

धादिङ , ९ पुस ः त्रिशुली नदी वारपार गर्न निर्माण गरिएको फलामे तर्ुइनका कारण धादिङ जिल्लाको कल्लेरी , कुम्पुर र बैरेनी गाविसका डेढ सय भन्दा धेरै जनाको हातको औंला गुमेको छ । सोहि तर्ुइनका कारण आधा दर्जनको ज्यान गईसकेको छ । कयौ भने नदीमा पौडिएर बा“च्न सफल भएका छन् ।
पृथ्वीराजमार्ग स्थित बैरेनी गाविस वडा नम्बर नौ र कल्लेरी गाविसको वडा नम्बर तीनका साथै कुम्पुर गाविसको खरमटार र गजुरी गाविसको चाम्वासका साथै कुम्पुर गाविसको चामडांडा फेदी र गजुरीवजारमा रहेको फलामे तर्ुइन तर्ने क्रममा तुइनमा च्यापिएर यति धेरैको औला गुमेको स्थानीयवासी वताउ्रछन । स्थानीय वासीका अनुसार यात्राको लागि अति जोखिम बन्दै गएको सोहि तर्ुइनबाट नदीमा झरेर कल्लेरीको मासटारमा चार जना र कुम्पुरको चामडांडा फेदीमा दर्ुइ जनाले ज्यान गुमाईसकेका छन् ।
पृथ्वीराजमार्गसम्म दैनिक आवत जावत गर्न सजिलो होस भनेर निर्माण गरिएको तुइनका कारण र्सवसाधारणले दिनहुं सास्ती भोग्नु परेको भएपनि समस्या सुनिदिने निकाय भने कोहि नभएको उनिहरुको भनाई छ ।
तार पुल वाट आवत जावत गर्न समस्या हुन थालेपछि स्थानीयवासीले पक्कि झोलुङगे पुल निर्माणका लागि पटक पटक गाविस जिविस र स्थानीय विकास मन्त्रालयको ध्यानाकर्षा गराएको भएपनि सम्वन्धित निकायले चासो नदिएको कुम्पुर चामडांडाका गोविन्द खतिवडा वताउनु हुन्छ ।
त्रिशुली नदीको वारीपट्ट िपृथ्वीराजमार्ग रहेका कारण अधिकांश व्यक्तिलाई सदरमुकाम देखि अन्य ठांउमा पुग्न र वजार जानका लागि मात्रै होइन वालवालिकालाइ पढन जान , विरामी पर्दा औषधि उपचारका लागि पनि नदीपार गर्न तुइन तर्नु पर्ने वाध्यता स्थानीयवासीलाई रहेको छ । नदी पारीका जनताको विद्यालय, घट्ट देखि सलाई किन्ने बजार समेत नदी पारीको भएकाले दिनहुं तुइन तर्नुपर्ने वाध्यता भएको कल्लेरी मासटारका हरीवाहदुर मल्ल वताउनु हुन्छ ।
तर्ुइनवाट यात्रा गर्दा तुइनले च्यापेर हातका औला गुमाएकि कल्लेरीकी सोभा ठकुरीका अनुसार वालवालिका ,अशक्त र असहाय व्यक्तिलाई तुइनको यात्रा जोखिम पर्ुण्ा हुने गरेको छ । तुइनवाट नदीमा झरेर बा“च्न सफल भएकी सृजना ठकुरी सरकारी उदासिनताका कारण नदी आसपाका मानिसहरु जोखिम पर्ुण्ा यात्रा गर्न बाध्य भएको बताउनुहुन्छ । दर्ुइ दशक अघि प्राक्टिकल एक्शन नेपाल संस्थाले विना र्सर्भेक्षण परिक्षणका लागि निर्माण गरिदिएका आधादर्जन तारपुलका कारण नदी छेउका वासीन्दाले सोहि समयदेखि सास्ती भोग्दै आउनु परेको हो

Thanks for enepalnews.com

Saturday, December 13, 2008

Dhading District


Dhading District, a part of Bagmati Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Dhading Besi as its district headquarters, covers an area of 1,926km² and has a population (2001) of 338,658. The mountain range "Ganesh" is the predominate mountain range located within Dhading. All of the peaks are over 7,000 meters with some approaching 8,000. The 8,000+ meter mountain "Manaslu" is clearly visible from much of Dhading, although it is located within the bounds of Gorkha. The transnational "King Prithivi Highway" connecting Kathmandu and Pokhara runs through the southern portion of the district making for easy access too the Kathmandu valley. The road parallels the "Trishuli" River.

Dhading is 80% farmland and 20% forest; unfortunately most of the protected forest is located near or next to the road which doesn't make for great trekking. But, the western border with Gorkha is bisected by the "Buri Gandaki" river and this river valley is a great entrance to the Himals of Gorkha (with views of the Ganesh range), not to mention one of the prettier rivers of Nepal. The towns of Salantar and Arun Ghat should get you pointed in the right direction.

The people of the district are primarily Bhramin and Chetri in the south and Tamang and Gurung in the north, with much of the center Newari. The famous King Prithivi Naryan Shah/Gurkha route crosses through Dhading.


Ram Kumar Shrestha
December 2008

Wednesday, December 10, 2008

Tuesday, December 9, 2008

पोखरेली आकाशमा डाँफेको सफल परिक्षण उडान



इन्जिनियरिङ पढ्दै गरेका विकास पराजुली र गणेशराम सिंकेमानको डाँफे उडाउने सपना साकार भयो ।

youtube

http://www.youtube.com/watch?v=J6NGID53Ino

Map of Dhading


MAP OF DHADING DISTRICT

Dhading Beeshi



its beautiful place

Three Injured in Dhading Mishap

Three persons were injured in a road accident in Dhading this morning.
Police said the accident occurred after the Kathmandu-bound truck and another truck coming from opposite direction (Na 2 Kha 6839) collided head-on at Gajuri VDC-2.
The injured are being treated at Highway Community Hospital, Malekhu, and Bir Hospital, Kathmandu.
Meanwhile, Krishna Ghimire was injured when the truck hit the motorbike he was riding. The police said Ghimire has been rushed to Bir Hospital.